दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान – Nagarikabhiyan : National News

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान

काठमाडौं । शुक्रबार दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

आयोगका अनुसार केही ठाउँमा मतदान प्रभावित भए पनि प्राय सबै ठाउँमा मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगले जनाएको छ ।