राष्टिय पर्व र उत्सवका रुपमा लिन मतदाताहरुलाई आग्रह
२७ बैशाख २०७९, मंगलवार १९:५५
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासन, विकास र समृद्धिको पक्षमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।
वहाँले मंगलबार सुनसरीको कोशी गाउँपालिका स्थित लौकहीमा एक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताउनुभएको हो । देशमा सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुन नसक्ने भएकाले वर्तमान सरकारले राजनीतिकलाई पेशा नभई सेवाको भावले काम गरिरहेको बताउनुभयो ।
वहाँले राजनीतिक दलले वर्तमानका लागि मात्रै नभई भावि पुस्तालाई विकसित मुलुकको नागरिक बनाउने, भाषणमा मात्रै नभई व्यवहारमा विकास, सुशासन र समृद्धिको अनुभुति दिलाउने र आफ्नै गाउँघरमा स्वरोजगार सृजना गरि देशलाई समृद्ध बनाउने बताउनुभयो ।
वहाँले निर्वाचनमा जित्नेलाई कुर्सीमा बस्ने मात्रै नभई देशलाई, गाउँलाई र प्रदेशलाई समृद्धि तर्फ लानका लागि भएकाले स्वतन्त्र, निर्भिक र भयरहित वतावरणमा योग्य उम्मेदबारलाई जिताउन आग्रह गर्नुभयो ।
यो मुलुकलाई विकास,कानुनी शासन, सुशासन र समृद्धिको बाटोमा लानका लागि आन्तरिक समस्यालाई समन्वय गरि समाधान गरि विभेद रहित तबरले काम गर्नुपर्ने बेला आएको र त्यसमा वर्तमान सरकारले प्रतिवद्ध भएर लागिपरेको बताउनुभयो । दक्षिण एसियाको विकसित मुलुकको सुचीमा नेपाललाई सृचिकृत गर्न नेपाली काग्रेंसको सरकार आवश्यक रहेको समेत बताउनुभयो ।
समान्तालाई भाषणलाई मात्रै नभई सबै विपन्न, दलित, सिमान्तकृत सहित सबै नागरिकलाई खुसी, सुखी र समृद्ध बनाउनका लागि नेपाली काग्रेंस नेतृत्वको सरकारले काम गरिरहेको बताउनुभयो । स्थानीय तहको निर्वाचन सहित प्रदेश र संघीय निर्वाचन पछि तीनै तहमा नेपाली काग्रेंसका सरकार बन्ने समेत मन्त्री कार्कीले दावी गर्नुभयो ।
फरक प्रसंगमा नेपाली काग्रेंसका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री कार्कीले विगतको एमाले सरकारले देशको विकास भन्दा विनासको गतिमा लगेको र अझैसम्म सोही सरकार भएको भए अहिले श्रीलंकाको हालतमा नेपाल पुग्ने अवस्था आउने थियो, तर ओली सरकर वहिरगमन भएकाले जोगिएको दावी गर्नुभयो ।
मन्त्री कार्कीले विकासको भिजन नभएका एमालेको सरकारले गर्दा जनतामा उत्साह आउन नसकेकाले त्यसमा वर्तमान गठबन्धन सरकारले उत्साह ल्याउन प्रयास जारी राखेको बताउनुभयो ।
देशभरका स्थानीय तहमा एकसाथ वैशाख ३० गते भईरहेको स्थानीय तह निर्वाचनलाई राष्टिय पर्व र उत्सवका रुपमा लिन मतदाताहरुलाई आग्रह गर्नुहुदै निर्भिक भएर मतदान आग्रह गर्नुभएको छ । वहाँले भोट कुरा गर्नेलाई होईन काम गर्नेलाई मतदान गर्न आग्रह गर्नुभयो ।
यसैबीच कोशी गाउँपालिकाको नेपाली काग्रेंसका तर्फबाट अध्यक्ष पदका उम्मेदबार ऐयुव अंसारीले विकासमा मुहार फेर्ने काम र विगतको घोषणा पत्र भन्दा बढी काम गरेको तर पनि केही अधुरा कामहरुलाई पुरा गर्न पुनः उम्मेदबार भएकाले जिताउने विश्वास व्यक्त गर्नुभयो । अंसारीले विकासबाट प्रभावित भएकाहरुले विगतको भन्दा धेरै बढी मतले जिताउने दावी गर्नुभयो । कार्यक्रममा उपाध्यक्षका उम्मेदबार अनितादेवी यादवले आफूहरुले पहिलो कार्यकालमा सिकेका कुराहरुलाई थप प्रभावकारी बनाउन र स्थानीय सरकारको पूर्ण प्रत्याभुती तथा नमुना पालिका बनाउन मतदान गर्न अपिल गर्नुभयो ।

१, सुनसरीको कोशी गाउँपालिका स्थित लौकहीमा एक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया