मन्दिरमा नित्य पूजा गर्न पिङ नहाल्न सरकारको आग्रह
२२ आश्विन २०७७, बिहीबार १९:५३
काठमाडौं । सरकारले देशका मठमन्दिरमा नित्य पूजा मात्रै गर्न र पिङ नहाल्न आग्रह गरेको छ ।
आज (बिहीबार) एकै दिन ४ हजार ३ सयभन्दा धेरै संक्रमित भेटिएपछि मठमन्दिरहरुबाट पनि कोरोना फैलिन सक्ने भन्दै यस्तो आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नजिकिँदो चाडसँगै गाउँ-सहरमा भीड बढेर अझै संक्रमण फैलिन सक्ने भएकाले सजगता अपनाउन भन्दै यस्तो आग्रह गरेका हुन् ।
उनले भने,‘मठ-मन्दिरमा नित्य पूजा मात्रै गरौँ, चाडबाडको नाममा पिङ र रोटे पिङ नहालौं, पिङले भीड बढ्ने भएकाले चाडपर्व सामान्य तरिकाले घरैमा मनाऔँ ।’ काठमाडौंमा संक्रमण दर उच्च भएकाले उच्च सजगता अपनाउन आवश्यक भएको उनले बताए । गौतमले सहरी क्षेत्रमा मास्क नलगाइ बजार जाने क्रमले समस्या बढाउने उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया