देवानगंजमा कांग्रेस र जसपा विच कडा प्रतिस्पर्धा, काग्रेसलाई अन्तरघातको डर
२६ बैशाख २०७९, सोमबार १८:२१
देवानगंज । देवानगंज गाउंपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) विचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा श्यामलाल मेहता तथा जसपाको तर्फबाट अध्यक्ष पदमा बेचन मेहता उम्मेदवार बनेका छन ।
दुवै जना यस अघिको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । तर यस पटकको निर्वाचनमा पुनः दुवै विचमा कडा प्रतिस्पर्धा हुने भएको छ ।
काग्रेसको बलियो पकड मानिएको देवानगंज गाउँपालिकामा अहिलेको निर्वाचनमा अन्तरघात हुने हो की भन्ने शंका बढेको छ ।
अहिलकोे बर्तमान गाउंपालिकाको अध्यक्ष लालि प्रसाद मेहताको नाम काग्रेस देवानगंजले पुनः अध्यक्ष पदका लागी सिफारिश नगरेपछि अध्यक्ष मेहता असन्तुष्ट बनेका छन भने अध्यक्ष पदका दावेदार रहेका सन्तोष भगत पनि असन्तुष्ट रहेकोछ ।
यस अघिको निर्वाचनमा देवानगंजको अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेका भगत पराजित भएका थिए । पछि कांग्रेसमा प्रवेश गरेका हुन ।
असन्तुटहरुले अन्तरघात गरे चुनाव जित्न कठिन हुने स्थानिय काग्रेसी कार्यकर्ताहरुको बुझाई छ । भने जसपाको तर्फबाट उम्मेदवार बनेका मेहताको अघिल्लो निर्वाचन भन्दा यस पटकको निर्वाचनमा राम्रोे मत आउने र निर्वाचन सजिले जित्न सक्ने आंकलन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया