एमालेका मेयर पदका उम्मेदबार पोखरेल घरदैलौमा
२२ बैशाख २०७९, बिहीबार १७:२६
वैशाख २२ गते । सुनसरीको सदमरमुकम समेत रहेको इनरुवा नगरपालिकाका नेकपा एमाले पार्टीका तर्फबाट नगर प्रमुख पदका उम्मेदबार सरोज पोखरेलले आफ्नो नगरको विभिन्न वडामा प्रचारप्रसार र घरदैलौ जारी राख्नुभएको भएको छ । पोखरेलले नगरमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै यहाँ १० वटा वडा मध्ये इनरुवा ९ नम्बर वडा बयिबामा घरदैलौ सहित चुनावी प्रचारप्रसार तीव्र पार्नुभएको छ । पोखरेलले विहीबार हजार बढी समर्थक र शुभचिन्तकहरुको साथमा भोट माग्दै घरदैलौ गर्नुभएको हो । पोखरेलको समर्थकहरुले चर्चा गर्दै जिताउने अभियानमा जुटेका छन् । नगरबासीको नेता पोखरेल भएको भन्दै स्थानीयले स्थानीय तह निर्वाचनमा जिताउने प्रणका साथ घरदैलोमा लागेका छन् । पोखरेलको उम्मेदवारीले नगरलाई विकास र सुशासन कायम गर्नेमा ढुक्क हुदै चुनावी अभियान तीव्र पारेका छन् । पोखरेलले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य, कर्मठ, विकासप्रेमी, जनसेवा गर्ने, विकास र न्यायका पक्षमा उभिने उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेका छन् । नगरको विकास र समृद्धिका लागि मेयरको पदमा उम्मेदवारी दिएको बताउदै आफूलाई मतदान गर्न आग्रह गर्दै मत मागिरहहेको पोखरेलले बतानुभएको छ । पोखरेलले विजयी हासिल गरेपछि नगरमा भौतिक पूर्वाधार विकास, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
वहाँले फेसबुकमा भने इनरुवा नगरपालिकाको विकासको बजेटको ४० प्रतिशत रकम भ्रस्टचार हुन्छ। यी यस्ता भ्रस्टचारलाइ नियन्त्रण गरि भ्रस्टचार हुने यो ४० प्रतिशत रकम बराबरको कर छुट या कर कटौती गरेर विभिन्न शिर्षकबाट कर बुझाउने इनरुवाबासी करदाताहरुलाई राहत दिनेछु । २) इनरुवा नगरपालिका कर्मचारी पोशाक शिर्षकमा महिनाको झन्डै ३० लाख अथवा बर्षेनी ३५ लाख खर्च गरिन्छ। यो भनेको नगरपालिका हरेक कर्मचारीहरुलाई बर्षको झन्डै १८ हजारको पोशाक हो !!! नेपालको सफल र ठुलो निजि व्यवसायिक कार्यालयले पोशाक शिर्षकमा गर्ने खर्च भन्दा पनि बढी हो। यी यस्ता अनाव्यश्यक खर्चलाइ कटौती गरि उत्पादनशील या नगरवासीले प्रत्यक्ष सेवा सुविधा पाउने काममा खर्च गर्नेछु । ३) इन्धनको नाममा हाम्रो नगरपालिकाले बर्षको १ करोड २० लाख खर्च गर्छ!!! मतलब महिनाको १० लाखको पेट्रोल र डिजेल!!! यसलाई म मेयर भएको पहिलो महिना भित्र जायज काम र प्रयोजनको लागि मात्र इन्धन प्रयोग गर्ने व्यवस्था मिलाउनेछ । नगरपालिका कर्मचारी या पदाधिकारीहरुले चढ्ने सवारी साधन र अन्य उपकरणहरुमा खभजष्अभि नउक तचबअपभच जडान व्यवस्था गर्नेछु र कार्यालयको प्रयोजनको लागि प्रयोग भएको वा कुदेको आधारमा मासिक मात्र इन्धनको बिल भुक्तान गर्ने व्यवस्था मिलाउनेछु । क्रमशआफ्नो पार्टीको तत्कालिन मेयरले ५ बर्षमा कति भ्रष्टाचार गरे, कति बेथिति उब्जाए त्यसको लेखाजोखा नगर्ने ? आफु पार्टीको जिम्मेवार पदमा हुदाँ पनि आफ्नै पार्टीको भ्रष्ट मेयरलाई लगाम लगाउन नसक्ने, अर्काको पार्टीको मेयर उम्मेदवार इनरुवा कति बसे नबसे त्यसको हिसाब किताब चै राख्ने फेसबुकमा पोखरेलले उल्लेख गर्नुभएको छ ।
फेसबुकमा पोखरेलले किन म सरोज पोखरेल मेयरको लागि योग्य छु? भनेर केही सवाल र प्रतवद्धता राख्नुभएको छ । जसमा १) म संग वस्तुगत र मौलिकताको आधारमा टेकेको विकसित, समृद्ध, सुशासित र सुखी इनरुवाको भिजन छ । २) म संग मेरो भिजनलाई सहि र प्रभावकारी ढंगले कार्यान्वन गर्ने गैर राजनैतिककर्मीहरुको दक्ष र इमान्दार विज्ञहरुको टिम छ। ३) म संग इमान्दारिता, इच्च्शक्ति र प्रतिबद्धता छ । ४) म संग देश विदेशको समृद्धि र विकासको अनुभव छ । ५) म संग इनरुवालाइ विकसित, समृद्ध, सुशासित र सुखी हुनबाट रोक्ने बाधाहरुको बारेमा राम्रो ज्ञान छ । ६) मसंग यी हरेक वाधाहरुलाई हटाउने उपाय छ।
७) म संग इनरुवाभित्र स्वदेसी र विदेसी लगानी भित्राउने ठोस योजना छ । ८) म संग प्रदेश, संघ र अन्य बाह्रय दात्री संघ संस्थाबाट सहयोग र अनुदान ल्याउन सक्ने क्षमता र पहुँच छ । ९) म संग व्यवस्थापन सम्बन्धि राम्रो ज्ञान र अनुभव छ । १०) म इनरुवाभक्त हु किनकि म अन्धभक्त जस्तो एकोहोरो इनरुवाको प्रशंशा मात्र गर्न सक्दिन। मलाई इनरुवाको सबल पक्ष र दुर्बल पक्ष दुबैको बारेमा जानकारी छ । सम्भावना र चुनौतीहरुको बारेमा राम्रो ज्ञान छ । भन्नुभएको छ ।
फेसबुकमा पोखरेलले हरेक वर्ष डुबान र बाढी पिडित इनरुवाबासीकोलागि केहि दिनलाई पुग्ने खानेकुरा, म्याट्रेस, लत्ताकपडा र डोजर लिएर जाने अल्पकालीन समाधानको बाटो रोज्दैनौ । हामी त्यस्ता जोखिमपूर्ण ठाउमा बसोबास गरिरहेका इनरुवाबासीहरुको लागि बाटो, बत्ति र खानेपानी सहितको सुरक्षित घर र रोजगार दिने दिर्गकालिन समाधानको बाटो रोज्छौ। मेरो कार्यकालको पहिलो बर्ष मै कम्तिमा १०० ओटा घर सहितको एकीकृत वस्ती निर्माण गर्छौ । भनी उल्लेख गर्नुभएको छ ।
पहिला सुरक्षित घर, त्यसपछि सुख र समृद्धि!
फेसबुकमा पोखरेलले उल्लेख गरे अनुसार इनरुवाको विकासमा सहरी विकास मन्त्रालयले बनाईदिएको , १) सखुवागाछीबाट बजार हुदै बबिया चोक सम्मको बाटो २) चिरन्जीवी बस्नेतको घरदेखि बबिया चोक सम्मको बाटो, ३) हस्पिटल अगाडी पट्टिको गेटदेखि बिहीबारे हाट निस्किने बाटो , ४) हस्पिटल पछाडी पट्टिको गेटदेखि नहरसम्म निस्किने बाटो, ५) हस्पिटल पछाडी पट्टिको गेटदेखि पुर्वतर्फ जेलफिल्ड एरियाको बाटो, ६) सखुवागाछी चोकदेखि सोमबारे हाट हुदै १ नं वार्ड ट्याम्पु स्टेन्ड सम्मको बाटो , ७) बस चोक देखि रामजानकी मन्दिर हुदै सुनसरी घाटसम्म पुग्ने बाटो , ८) बिहीबारे हाट र सोमबारे हाट
९) बजारको होलि (नाला) पक्कि गरेको , १०) संचालनमा नआएको बसपार्क यी सबै संरचनालाई एकछिन हटाईदिनुहोस अनि एकछिन कल्पना गर्नुहोस इनरुवा अझै कस्तो अवस्थामा छ भनेर । के अझै हामी इनरुवाबासी फेरीपनि नगरपालिकाको नेतृत्व कांग्रेसपार्टीलाइ सुम्पिन सक्छौ ? प्रश्न गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया