नेकपा माओवादी केन्द्रका इनरुवा १० का वडा अध्यक्षका उम्मेदबार आलमको सर्वत्र चर्चा, घरदैलौमा हजार बढी सहभागी – Nagarikabhiyan : National News

नेकपा माओवादी केन्द्रका इनरुवा १० का वडा अध्यक्षका उम्मेदबार आलमको सर्वत्र चर्चा, घरदैलौमा हजार बढी सहभागी

सुनसरीको सदमरमुकम समेत रहेको इनरुवा नगरपालिका १० नम्बर वडा अध्यक्षमा नेकपा माओवादी केन्द्र पार्टीका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदबार मोख्खतार आलमले आफ्नो वडामा प्रचारप्रसार र घरदैलौ जारी राख्नुभएको भएको छ । आलमले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै वडामा घरदैलौ सहित चुनावी प्रचारप्रसार तीव्र पार्नुभएको छ । आलमका हजार बढी समर्थक र शुभचिन्तकहरुले चर्चा गर्दै जिताउने अभियानमा जुटेका छन् । नागरिकको नेता मोख्खतार आलम भएको भन्दै स्थानीयले स्थानीय तह निर्वाचनमा जिताउने प्रणका साथ घरदैलोमा लागेका छन् । आलमको उम्मेदवारी दर्ता गरेसँगै इनरुवा नगरपालिका १० मा गोलागार भित्र हसिया हथौडा छापमा मतदान, वडालाई विकास र सुशासनमा सम्मान भन्दै चुनावी अभियान तीव्र पार्नुभएको हो । राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य, कर्मठ, विकासप्रेमी, जनसेवा गर्ने, विकास र न्यायका लागि भिजन बोकेका उम्मेदवार आलमलाई जिताउन चुनावी अभियान नै सुरु गरेको बताउनुभयो । आलमले वडाको विकास र समृद्धिका लागि वडा अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउदै आफूलाई मतदान गर्न आग्रह गर्दै मत मागिरहनुभएको छ । आलमले विजयी हासिल गरेपछि वडामा जनपक्षिय विकास, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विकासको सुनिश्चितता कायम राख्नको लागि वडा अध्यक्षको लागि उम्मेदवारी दिएको बताउनुभयो । वहाँले सत्य संसारसंग इनरुवामा संक्षिप्त अन्तरवार्ता दिदै विकासका लागि मतदाताले आफूलाई मतदान गर्ने दावी गर्नुभयो ।