राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्षकप प्रतियोगिताको पुरस्कार वितरण
२२ चैत्र २०७८, मंगलवार १८:३९
सुनसरीको कोशी गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्षकप प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वेदराज अधिकारीले वार्षिक कार्यक्रम अनुसार कोशी गाउँपालिकाको आयोजनामा राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगिता सम्पन्न भई मंगलबार पुरस्कार, सिल्ड तथा प्रमाण पत्र वितरण गरिएको जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा छात्र र छात्रातर्फ अलगअलग भलिवल, कबड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समावेश गरिएको र अध्यक्षकप प्रतियोगितामा फुटवल खेल समावेश गरिएको सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । सम्पन्न भएको प्रतियोगितामा सबै भन्दा बढी अंक सहित राष्ट्रिय मावि लौकही प्रथम, राष्ट्रिय मावि शोभनपुर द्धितिय र राष्ट्रिय मावि श्रीपुर तृतिय भएको छ ।
सबैलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले पुरस्कार, शिल्ड र प्रमाण पत्र वितरण गर्नुभयो । कोशी गाउँपालीकाको आयोजनामा भएको सहयोगमा कोशी क्रिकेट क्लब भण्टावारीले आयोजना गरेको अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा भलिबल तर्फ राष्ट्रिय मावि शोभनपुर प्रमथ, राष्ट्रिय मावि श्रीपुर द्धितिय र राष्ट्रिय मावि लौकही तृतिय भएको छ । त्यसैगरी कवर्डी तर्फ राष्ट्रिय मावि शोभनपुर प्रमथ, कोशी जनता मावि हरिपुर द्धितिय, कोशी मावि पश्चिम कुशाहा तृतिय भएको छ ।
त्यसैगरी एथलेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण गरिएको मेहताले जानकारी दिनुभयो । पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रममा कोशी माविका प्रधानाध्यापक कन्चन कुमारी यादव, राष्ट्रिय मावि शोभनपुरका प्रधानाध्यापक हरिकृष्ण राउत, कोशी जनता माविका प्रधानाध्यापक मोहनकुमार यादव, राष्टिय मावि लौकहीका प्रधानाध्यापक विरेन्द्र कुमार यादव, प्रधानाध्याक श्रवण राम, अकुवा वर्डका संचालक , अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र मण्डल, सूचना अधिकृत , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख , पत्रकार जयकृष्ण यादव र पवन रौनियार, कोशी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुदेव यादव सहितको उपस्थिीती रहेको थियो ।

१, कोशी गाउँपालिकामा सम्पन्न भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद तथा अध्यक्षकप प्रतियोगिताका विजेता र उपविजेतालाई सिल्ड हस्तान्तरण गर्दै ।
तस्विरः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया