कोरोना भाइरसका कारण चाडपर्वमा असर – Nagarikabhiyan : National News

कोरोना भाइरसका कारण चाडपर्वमा असर

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा लगायत विभिन्न स्थानीय तहहरु दैनिक कोरोना भाइरस संक्रमित भेटिन थालेपछि हिन्दु समुदायहरुले मनाउने विभिन्न चाडपर्व र यसैमा आधारित व्यापार व्यवसायमा पनि गम्भिर असर देखिएको भएको छ ।

पहिले दशैँ भन्नेबित्तिकै खानपिन , नयाँ लुगा , टीका , दक्षिणा, पिङ , आशीर्वाद आदि बुझिन्थ्यो । तर यस वर्षको दशैँ आउन १२ दिन मात्र बाकीँ हुँदा इनरुवा बजारमा उपभोक्ताहरुको खासैँ चहल पहल नदेखिएको स्थानीय व्यापारी सुरज मेहताले बताए ।

स्थानीय व्यापारी मेहताका अनुसार कोरोना भाइरसका कारण यसपालीको दशैँमा घाउमा मल्हम लगाउनु सरह हुने उनले बताए ।

यता नयाँ पुस्ताका युवाहरु टीका, आशीर्वादजस्ता कुरामा खासैँ रुचि राख्दैन उनीहरू घुम्न, नयाँ काम सिक्न दशैँको समयलाई सदुपयोग गर्न चाहन्छन्। खास गरी, दशैँका बेला घुमघाममा युवाहरु व्यस्त हुन्थ्यो तर यस वर्षको दशैँ, तिहार र छठ पर्व कसरी मनाउने चिन्तामा रहेको स्थानीय युवा पंकज यादवले बताए ।

स्थानीय यादवका अनुसार यस पालीको दशैँमा इनरुवा नगरपालिकाको बवियामा रहेको भगवती मन्दिर र विहिबारे हाटमा रहेको दुर्गा मन्दिरमा लाग्ने मेलामा पूजा गर्न आउने भक्तजनहरुको भिड व्यवस्थापन र व्यत्तिगत दुरी कायम गराउने योजना बनाउनु पर्ने तर्क दिए ।

त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ को नरसिंहमा तिहारको समयमा जिल्लाको विशाल मेला तथा कुस्ती प्रतियोगीता हुने गर्छ । तर यस वर्ष मेला र कुस्ती सम्भव नहुने भोक्राहा नरसिंह गाउँपालीका वार्ड नं. ७ का वडाध्यक्ष रामचन्द्र यादवले बताए ।

भोक्राहा नरसिंह वार्ड नं. ७ का वडाध्यक्ष यादवका अनुसार नरसिंहको काली मन्दिरमा लाग्ने तिहार मेला ५ दिन सम्म लाग्छन तर हजारौँको संख्यामा भारतीय भक्तजनहरु आउने गरेको बताए ।

वडाध्यक्ष यादवलाई कोरोनाको कहरमा यस वर्षको तिहारमा अनावश्यक तडकभडक नहुन नदिने उनले जानकारी दिए ।

पर्वका मुखमा व्यापार व्यवसायमा पनि गम्भिर असर देखिएकाले बाँचिरहे यस्ता पर्व फेरिफेरि मनाइने बताउँदै यसअघि पर्व मनाउँदै आएकाहरुले कोरोनाबाट बच्ने उपायको अवलम्वन मुख्य कुरा हुने वडाध्यक्ष यादवले बताए ।