मानवअधिकार एलाएन्समा घिमिरे – Nagarikabhiyan : National News

मानवअधिकार एलाएन्समा घिमिरे

सुनसरी सदरमुकाम इनरुवामा राष्ट्रिय मानव अधिकार सामाजिक न्याय मञ्च (मानवअधिकार एलाएन्स)को पाँचौ जिल्ला अधिवेशन समपन्न भएको छ । सम्पन्न भएको अधिवेशनले रविन घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा विहीबार भएको अधिवेशनले सर्वसम्मत रूपमा सात सदस्य जिल्ला कार्य समितिको समेत निर्वाचन गरेको छ । जिल्ला कार्य समितिको उपाध्यक्षमा विणा खनाल, सचिवमा सरिता कार्की घिमिरे र कोषाध्यक्षमा जितेन्द्र कुमार मण्डललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । त्यसैगरी सदस्यहरुमा करण चौधरी, रिता राई र आधा आचार्य सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । अधिवेशन उद्घाटन समारोहमा मानवअधिकार एलाएन्सका केन्द्रिय सदस्य लखनलाल साहले सामाजिक विकास र समृद्धिका लागि मानवअधिकार एलाएन्स निरन्तर लागि रहने बताउनुभयो । समारोहमा नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतिरमण भण्डारीले मानव अधिकारको रक्षा र शान्ती अनि स्वतन्त्रताका लागि काम गर्ने संस्था भएकाले मानवअधिकार एलाएन्सको पाँचौ जिल्ला अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा एमालेका उपसचिव राम कोईराला, लक्ष्मी चापागाई, निवर्तमान अध्यक्ष खगेन्द्र पोखरेल, सचिव मेघराज न्यौपाने, विर बहादुर लिम्बु लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो । यसैबीच मानवअधिकार एलाएन्सको अधिवेशन पछि निर्वाचित समितिको पहिलो बैठकले सरोकारबालाहरु र मानवअधिकार एलाएन्सका सदस्यहरुलाई धन्यवाद ज्ञापन तथा सबै पालिकामा पालिकास्तरीय मानवअधिकार एलाएन्सको गठन गर्ने निर्णय गरेको निर्वाचित सचिव सरिता कार्की घिमिरेले जानकारी दिनुभयो ।