हरिनगर गाउँपालिकाको ४ नम्बर वडा कार्यालयको नयाँ भवन उद्घाटन – Nagarikabhiyan : National News

हरिनगर गाउँपालिकाको ४ नम्बर वडा कार्यालयको नयाँ भवन उद्घाटन

सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाको ४ नम्बर वडा कार्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । बुधबार हरिनगर गाउँपालिका वडा नं.–४ को नव निर्मित प्रशासनिक वडा कार्यालय भवन उदघाटन गरिएको हो । वडा कार्यालयको प्रमुख अतिथि नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा एक नम्बर प्रदेशका संसदीय दलका नेता राजिव कोईराला र हरिनगरका अघ्यक्ष गफार अंसारीले संयुक्त रूपमा उद्घाटन गर्नुएभको हो । कोइराला र अंसारीको कर कमलबाट उद्घाटन भएको वडा कार्यलयको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि ताहीर अंसारी, पार्टीका जिल्ला सभापती केदार भण्डारी, गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत तथा वडा अध्यक्ष सुदिलाल मेहता सहितको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रममा काग्रेंसकालाई मात्रै बोलाएको साना दलहरुले आरोप लगाएको छ । वडा कार्यालयमा भएको अनियमितता, भ्रष्टाचार र ढिलासुस्तीको विरुद्ध नबोल्नेहरुलाई मात्रै बोलाएर वडा कार्यालय भवन उदघाटन गरिएको स्थानीय वडाबासीको आरोप छ । वडाबासीले भवन निर्माणमा लाखौको अनियमितता भएको र गुणस्तरहिन काम भएकाले त्यस बारेमा छानविन गर्नुपर्ने जनता समाजवादी पार्टीका एक नेताले बताएका छन् । उक्त वडामा जसपाका सदस्यहरु भएपछि उनीहरुलाई उपेक्षा गरेको आरोप बाहिर आएको छ । उद्घाटन कार्यक्रम चलिरहदाँ स्थानीयहरुले वडाको भवन निर्माणमा भएको अनियमितता र गुणस्तरहिनताका बारेमा छानविन गरी यर्थान सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।