हाेलीकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम – Nagarikabhiyan : National News

हाेलीकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

हाेलीकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समपन्न भएकाे छ । २०७८ सालको फागु पूर्णिमाको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नभएकाे छ ।भोक्राहा नरसिंह गाउॅपालिका, गाउॅ कार्यपालिकाको कार्यलयको आयोजनामा मिति २०७८/१२/०२ गते बुधबार होली पर्वको शुभ अवसरमा बृहत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउॅपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा गाउॅपालिका उपाध्यक्ष पुनम कुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, कार्यपालिका पदाधिकारीहरू, स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिज्यूहरू, होली पर्व लगायत स्थानीय सांसकृतिक उत्थानमा सक्रिय भुमिका निर्वाह गर्नु हुने स्थानीय अगुवाहरू/गबैयाहरू, किर्तन/भजन मण्डली , स्थानीय सुरक्षाकर्मीहरू, स्थानीय भद्रभलादमी, नागरिक समाज, स्थानीय संचारकर्मी, कार्यालयका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
स्थानीय संसकृति, परम्परा, रहनसहनमा योगदान पुर्याउने स्थानीय अगुवाहरू, गबैयाहरू, भजन/किर्तन मण्डली लगायतलाई गाउॅपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव र गाउॅपालिका उपाध्यक्ष पुनम कुमारी मेहताले अबिर, स्थानीय गमछा लगायतले सम्मान गर्नु भयो ।
कार्यक्रममा गाउॅपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष पुनम कुमारी मेहता, प्रमख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, वडाध्यक्ष राजेश्वर साह लगायतका वक्ताहरूले स्थानीय पर्वहरू होली, करमाधरमा, मोहरम्म लगायतको संरक्षण सम्बर्द्धनमा पालिका पछि नपर्ने धारणा राख्नु भयो ।
उक्त कार्यक्रमको विशेष आकर्षणको रूपमा रहेको होलिगित जोगिरा सर र र … लगभग १ घण्टा सम्म संचालन भएको थियो । कार्यक्रममा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो । एक आपसमा होलीको रंग लगाइ शुभकामना आदान प्रदान समेत गरिएको थियो ।