पिछडा वर्गको जिल्ला कमिटि गठनपहिलोपटक सुनसरीमा गठन
२७ फाल्गुन २०७८, शुक्रबार १९:०७
एमाले निकट पिछडा वर्गको जिल्ला कमिटि गठनपहिलोपटक सुनसरीमा गठन भएको छ । पार्टीको भातृ संस्था अखिल नेपाल पिछडा वग वर्ग( ओवीसी) महासंघको सुनसरी जिल्ला कमिटि महेन्द्र कामैतको अध्यक्षतामा १९ सदस्य कार्य समिति चयन भएको हो । प्रथम चरणअन्तर्गत १९ सदस्यीय जिल्ला कमिटीको सचिवमा परमेश्वर पडपडी यादव, उपाध्यक्षमा श्यामदेव मेहता, सहसचिवमा अरचना साह र कोषाध्यक्षमा मायाबती साह रहनुभएको अध्यक्ष कामैतले बताउनुभयो ।

सदस्यहरुमा चन्द्रदेव मेहता, दिपक यादव, बिना सुतिहार, सुनिता यादव, उद्यकान्द मेहता, राजेन्द्र मेहता, रामवती देवी पंडित, विष्णुदेव साह, मुकेश यादव, रामदेव मेहता, रामकोपिला देवी यादव, गंगा साह, श्रीप्रसाद मेहता र विनोद मेहता रहेका छन्। प्रथम जिल्ला भेलामा पार्टीका जिल्ला अध्यक्ष रेवतीमरण भण्डारी, महांसघका केन्द्रिय अध्यक्ष तेजप्रसाद निषाद, उपाध्यक्ष रामचन्द्र मेहता, महासचिव जयप्रकाश महतो, युवा नेता मनोज कुमार मेहता सहितकाले शुभकामना राखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया