छिटाहामा अन्तरविद्यालय बौद्धिक विकास कार्यक्रम सम्पन्न
२१ फाल्गुन २०७८, शनिबार १९:४०
सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा अन्तरविद्यालय बौद्धिक विकास कार्यक्रम सम्पन्न भएको छ । गढी गाउँपालिका ३ नम्बर वडा कार्यालयले छिटाहामा विभिन्न ९ विद्यालयका बालबालिकाहरुका बीचमा प्रशिक्षण तथा अभिमुखिकरण सहित अन्तरविद्यालय बौद्धिक विकास कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रशिक्षक जयकृष्ण यादवले बालबालिकाहरुको बौद्धिक विकास र क्षमता विकासका लागि ज्ञान वद्धक कुरा राख्नुभएको थियो । सहभागीहरुलाई यादवले मानव जीवन सफल हुनका लागि निरोगी, तन्दुरुस्त, असल, विवेकशिल, शिक्षित, सहयोगी, सदाचारी, सदगुणी, मिहेनती र भावनात्मक सन्तुलन भएको व्यक्तित्व हुनु आवश्यक रहेको जानकारी गराउनुभएको थियो । प्रशिक्षक यादवले यी गुण, सीपहरूको आधार वंशाणुगत तथा बालबालिका हुर्कने वातावरणले प्रदान गर्ने भएकाले त्यसमा अभिभावक र बालबालिकाहरुको भुमिका पनि रहने बताउनुभयो । वंशाणुगत गुणलाई वातावरणले गतिशिल बनाने समेत यादवले सहभागीलाई जानकारी गराउँनुभएको थियो ।
अर्का प्रशिक्षक सुरेन्द्र मेहताले बालबालिकाहरूले पाउने पोषण, उत्प्रेरणा, स्वास्थ सेवा, संरक्षण, स्याहार, तथा सिकाइ अवसरले सर्वाङ्गीन विकास हुने बताउनुभयो । बाल विकासका सबै पक्षहरू एक अर्कामा अन्तर सम्बन्धित हुने मेहताको भनाई थियो । एक पक्षमा नकारात्मक असर परेको स्थितिमा अरु पक्षमा पनि असर पर्दछ, यस अर्थमा विभिन्न पक्षको विकासात्मक दक्षताहरू बारे जानकारी लिनु आवश्यक रहेकोमा जोड दिएको थियो ।
बाल पत्रकार रबिन्द्र यादवले आफ्नो अनुभव राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अथिति सुनसरीको गढी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टुनालाल चौधरीले छिटाहाभरीका बालबालिकाहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउने, पुरस्कार दिने र उनीहरुको क्षमता तथा बौद्धिक विकासका लागि अन्तरविद्यालय बौद्धिक विकास कार्यक्रम राखेको बताउनुभयो । चौधरीले एउटै कार्यक्रममा दुई समूह बनाएर कक्षा ४ देखी ६ सम्म र कक्षा ७ देखी १२ सम्मका लाई कक्षा स्तरीय, विद्यालय स्तरीय र विषयगत रुपमा विभिन्न प्रतिभा प्रस्फुन कार्यक्रम पनि गरिएको जानकारी दिनुभयो ।



समपन्न भएको अन्तरविद्यालय बौद्धिक विकास कार्यक्रममा निबन्ध तर्फ कक्षा ४ का प्रतिमा कुमारी साह, कक्षा ५ का सुजिता शर्मा, कक्षा ६ का निरा साह, कक्षा ७ का सभ्यता रासी, कक्षा ८ का अन्जली मेहता, कक्षा ९ का रंजित कुमार मेहता, कक्षा १० भरत मेहता, कक्षा ११ का सुजिता मण्डल, भरत मेहता र कक्षा १२ अजय साहले प्रमथ हासिल गर्दै पुरकार पाएका छन् । त्यसैगरी अन्य कार्यक्रममा गित, कविता र वकतृत्वकलामा ७० जना सहभागीहरुले विजेता र सहभागी भए पावत पनि सम्मान र पुरस्कार पाएका थिए ।
कार्यक्रममा दिएको जानकारी अनुसार बालबालिकाको शारीरिक विकास ः शरीरको तौल तथा उचाइ बढ्नुलाई शारीरिक वृद्धि भनिन्छ । यसको साथै शरीरको अङ्गले गर्नुपर्ने क्रियाकलाप कार्य दक्षतालाई शारीरक विकास भनिन्छ । प्रारम्भिक बाल्यावस्थामा शारीरिक वृद्धि तथा मस्तिष्क विकास तेज गतिमा हुन्छ । सामान्यतः शारीरिक विकासलाई दुई भागमा बाँडिन्छःस्थुल अङ्गहरूको विकास – ठूला मांशपेशी, हात, गोडा तथा पाखुराको समन्वय र सन्तुलन गर्ने (जस्तै, वस्तु एवम् खेलौना समात्ने र फाल्ने) क्षमताको विकास भनिन्छ ।
सूक्ष्म अङ्गहरूको विकास – आँखा, कान, नाक, मुख, छाला जस्ता चेतना शक्ति तथा इन्द्रियहरूको क्षमता, हत्केला, औँला समन्वय गरी सञ्चालन गर्ने क्षमताको विकासलाई सूक्ष्म अङ्गको विकास भनिन्छ । प्रारम्भिक बाल्यावस्थामा शारीरिक वृद्धि तथा मस्तिष्क विकास तेज गतिमा हुन्छ । बौद्धिक विकासः मस्तिष्क वृद्धि र चेतनाको विकास बौद्धिक विकास भित्र पर्छ । बौद्धिक विकास भनेको विवेकको विकास, स्मरण शक्तिको विकास, तर्क गर्ने, समस्या सुल्झाउने, विश्लेषण गर्ने चेतनाको विकास आदि हुन् । जस्तै, आवाज सुन्ने, बुझ्ने, चिन्ने, खोज्ने, समस्या समाधान गर्ने, फरक तथा सानो ठूलो छुट्याउन सक्ने, गन्ती गर्ने, रङ्ग, आकार प्रकारबारे थाहा पाउने, सोचेर बोल्ने, तर्क गर्ने आदि वौद्धिक विकासका उदाहरण हुन् । बौद्धिक विकासका निम्ति सरसफाइ, पोसिलो खाना, खेल, खेलौनाको आवश्यकता पर्नुका साथै बालबालिकालाई रोगबाट पनि बचाउनुपर्छ । विरामी भइरहेमा बालाबालिकाको बौद्धिक विकासमा असर पर्छ ।









सामाजिक विकासः जन्मेदेखि नै बालबालिकाको सामाजिकीकरण प्रक्रिया शुरु हुन्छ । अभिभावकको व्यवहार तथा पारिवारिक वातावरणबाट नै उनीहरूले सामाजिकीकरणका आधारभूत सीप सिक्दछन् । भविष्यमा मानिस समाजमा मिल्न प्रारम्भिक बाल्यावस्थामा सामाजिक विकासको निकै नै महत्त्वपूर्ण छ । सामाजिक विकासका निम्ति खेल, साथी, मनोरञ्जन, नातागोता चिन्ने जस्ता अवसरले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । बालबालिकाले जे देख्छन् त्यही सिक्छन् । परिवारको मूल्यमान्यता र आमाबाबुले गर्ने व्यवहारले उनीहरूको सामाजिक विकासमा प्रभाव पार्दछ । प्रारम्भिक बाल्यावस्थामा बालबालिकाले बानी, व्यवहार, स्वास्थ्य तथा सरसफाइ र नैतिक मूल्य सिक्छन् । यी बानी तथा व्यवहारले उनीहरूको जीवनका आगामी चरणमा दह्रो प्रभाव पार्छन् । भन्ने बारेमा अभिमुखिकरण पनि गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया