स्थानीय शासन प्रणालीमा नागरिक सहभागितामा जोड
८ फाल्गुन २०७८, आईतवार १८:३६
सामाजिक परिर्वतन केन्द्र काठमाडौंको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिकाको समन्वयमा आयोजित स्थानीय शासन प्रणालीमा नागरिक सहभागिता स्थानीय सरकार नागरिक समाजसंग अन्तरकृया कार्यक्रममा नागरिक सहभागितामा जोड दिएका छन् । मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराईले सुशासन र विकासका लागि स्थानीय शासन प्रणालीमा नागरिक सहभागिता बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
भट्टराईले नागरिक संगठनको क्षमता अभिवृद्धि गर्दै प्रत्येक योजना छनौट र निर्माण सम्बन्धी कार्यमा नागरिक सहभागिता बताउनुपर्ने बताउनुभयो । संविधानमा स्थानीय सरकार हाँक्नका लागि प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्यको व्यवस्था गरिकाले लैगिंक सहभागिता भएको तर महिलाको जनसहभागिता सन्तोश जनक नभएको बताउनुभयो । गाउँपालिकाले सञ्चालन गर्ने सेवा सुविधाहरु पारदर्शी र जनअपेक्षा अनुसार हुनुपर्ने विषय केन्द्रित गरेर जनसहभागितामा वहाँको जोड थियो । कार्यक्रममा सहभागीहरुले पालिकाले सञ्चालन गर्ने सेवा सुविधाहरु पारर्दसी, जनताप्रति उतरदायी, नागरिकमैत्री र जनअपेक्षा अनुसार हुनुपर्नेमा जोड दिएका थिए । गाउँपालिकाले सञ्चालन गर्दै आएको भौतिक विकास तथा मानवीय विकासका विषयमा स्थानीयको सहभागिताका सवाललाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको थियो । नागरिकबाट आएको सबाल तथा प्रश्नहरुको जवाफ भोक्राहा नरसिंह गाउँपालिका ३ का वडा अध्यक्ष सुकदेव यादवले दिनुहुदै विकासमा नागरिकको सहभागिता रहेको दावी गर्नुभयो ।
यादवले नेपालमा संघीय शासन प्रणाली शुद्धिकरणका लागि नागरिक संलग्नता तथा सर्तकता क्षमता अभिवृद्धि परियोजना अन्तरर्गत नागरिकलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिएकाले पनि सुशासन र जनसहभागिता बढेको बताउनुभयो । पालिकाहरुले प्रवाह गर्ने सेवा सुविधाका विषयमा केन्द्रीत भएर सामाजिक परिर्वतन केन्द्रका निर्देशक प्रकाश भट्टराई र निश्चल खरालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका ६ का वडा अध्यक्ष राजेश्वर प्रसाद साहले प्रत्येक वडामा नागरिककै सहभागितामा विकास भएको दावी गर्नुभयो । नागरिक समाजका अगुवा तथा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्षका प्रत्यासि हाजी इसराईल मंसुरीले विकासमा नागरिकको सहभागिता न्यून रहेको र नागरिकलाई जानकारी नदिई अपादर्शी रुपमा काम भएको आरोप लगाउनुभयो ।
मानव अधिकार समूह भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष ममता उराँवले अनुहार र पार्टी हेरेर कर्मचारी भर्ना गरेकाले गाउँको विकासमा नागरिकको सहभागिता नभएको गुनासो गर्नुभयो ।
मानव अधिकार समूह भोक्राहा नरसिंह गाउँपालिका सल्लाहकार सेराज हुसेनले पदमा बस्नेहरुले आफ्नो जिम्मेबारी इमान्दारी पूर्वक नगरेको जाती र पार्टी हेरेर मात्रै काम गरेको गुनासो गर्नुभयो ।
मानव अधिकार समूह भोक्राहा नरसिंह गाउँपालिका सचिव बेलाल अंसारीले सबैको सहकार्य, समन्वय र एकताका साथ विकासका कार्य गर्न नागरिकको सहभागिता अनिवार्य गराउनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार जयकृष्ण यादवले लोकतन्त्रमा विकास र नागरिक संलग्नताका लागि नीति भन्दा नैतिकताको खाचो रहेको बताउनुभयो । यादवले नैतिकताको अभावका कारणले विकासमा गुणस्तरीयता नभएको, भएका विकासमा दिगोपना नभएको, आफ्नै आसेपासे र कमिसनमा योजना तथा कार्यक्रम बाडेको बताउनुभयो । नागरिकलाई केन्द्रमा राखेर इमान्दारिता पूर्व विकास गरेको खण्डमा नागरिकको सहभागिता आफै बढ्ने यादवको कथन थियो । कार्यक्रममा भोक्रहा नरसिंह ७ का वडा अध्यक्ष रामचन्द्र यादव, ४ का वडा अध्यक्ष आरुन अंसारी , ८ का वडा अध्यक्ष हातिम अंसारी, नेकपा एमालेका रामकुमार मेहता, नेकपा माओवादी केन्द्रका हेमनारायण मण्डल, नागरिक अगुवा बाबुराम साह सहितकाले बोल्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया