मानव अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

मानव अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको गाउँमा सक्रिय रुपमा काम गर्दै आएको मानव अधिकार समूहका सदस्यहरु तथा नागरिकहरुका लागि मानव अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाध्य र आबाशको अधिकारको पक्षमा वकालत गर्दै आएका समूहका पदाधिकारी तथा महिला र नागरिक समाजका सरोकारबालाहरुसंग प्रजातन्त्र दिवशको अवसरमा अभिमुखिकरण तथा अनुगमन गरेको इन्सेक सुनसरीले जनाएको छ । भोक्राहा नरसिंहमा मानव अधिकार समुहमा आवद्ध भएकाहरु र महिलाहरुलाई भोक्राहा नरसिंह गाउँपालिका ६ को नरसिंह झर्ना टोलमा मानव अधिकार बारेमा अभिमुखिकरण गर्दै स्थानीय सवालहरु संकलन गरेको छ । कार्यक्रममा राष्टिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरका सूचना अधिकारी गिता दाहाल र मानव अधिकार अधिकृत चिरन्जीवि कोईराला, इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले संयुक्त रुपमा मानव अधिकार सम्बन्धी अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा महिलाहरुले गाउँटोलमा घरेलु हिसाँ व्यापत रहेको र त्यसको मूख्य कारण मदिरा रहेको बताएका छन् । सम्पन्न कार्यक्रममा मानव अधिकार र महिला अधिकारका सबाल गाउँमा नाजुक रहेको बताएका थिए ।
मानव अधिकार सम्बन्धी सूचना व्यवस्थापन प्रणालीका बारेमा र अयोगमा उजुरी गर्ने तरिकाका बारेमा पनि जानकारी दिएको थियो ।

स्थानीयहरुले सेवाग्राहीहरूलाई प्रदान गरिने सेवाप्रवाहलाई व्यवस्थित गर्न र मानव अधिकारमैत्री सेवा उपलब्ध गराउन माग समेत गरेका थिए ।
उता सनिबार नै राष्टिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा गढी गाउँपालिकामा सरोकारबालाहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गाउँमा मानव अधिकारको अवस्थाका बारेमा जानकारी लिने र नागरिकलाई अभिमुखिकरण गर्ने काम
गरेको आयोगको प्रदेश १ सूचना अधिकारी गिता दाहालले जानकारी दिनुभयो । कार्यक्रममा मानव अधिकार अधिकृत चिरन्जीवि कोईराला, इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले संयुक्त रुपमा मानव अधिकार सम्बन्धी अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा महिलाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

 

May be an image of 6 people, people sitting and indoor