एक हप्ते आधारभुुत पत्रकारिता तालिम
२७ माघ २०७८, बिहीबार १६:४१
देवानगंज । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट संचालन हुुन लागेको दर्शन एफएमले आफ्नो आवश्यक जनशक्तिका लागि एक हप्ते आधारभुुत पत्रकारिता तालिम सुरु गरेको छ । विहीबारबाट अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा.लि.द्वारा सञ्चालित नागरिक अभियान डटकम तथा दर्शन एफएमले आफ्नो आवश्यक जनशक्तिका लागि एक हप्ते आधारभुुत पत्रकारिता तालिम सुरु गरेको हो ।
तालिमको नेपाल पत्रकार महासंघका पूर्व प्रदेश सदस्य तथा गोरखापत्र दैनिकका पत्रकार जयकृष्ण यादवले सुभारम्भ गर्नुभएको छ । सो तालिम उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै यादवले प्रेसलाई अकुंश लगाउने कुनै पनि कानुन स्विकार्य नहुने तर पत्रकारले पनि आफ्नो दायराभित्र रहेर काम गर्नुपर्ने बताउनुुभयो । संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गरेर कानुन निर्माण गर्न नहुने बताउनुभयो । यादवले पत्रकारिता तालिमले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बोल्ने, लेख्ने पत्रकारहरू तयमर पार्ने विश्वास समेत व्यक्त गर्नुभयो । पत्रकारकोे क्षमता विकास गर्न सके पत्रकारीता क्षेत्रमा प्रसस्त अवसर रहेको बताउनुुभयो ।
तालिम शुभारम्भ कार्यक्रममा अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा.लि.का संचालक विवेक मेहता सहितकाले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । तालिमको सहजिकरण महासंघका निर्वतमान प्रदेश सदस्य जयकृष्ण यादवले गरिरहनुुभएको छ । यादवले तालिममा प्रेस, पत्रकारिता, पत्रकारको आचारसंहिता, समाचार लेख्ने तरिका लगायतका बारेमा जानकारी दिईरहनुुभएको सहभागी प्रमिला श्रेष्ठले बताउनुभयो । यादवले पत्रकारिताले विकासका मुद्दालाई निरन्तर उठाउनुपर्ने कुरामा जोड दिनुुभएको र अभ्यास पनि गराउनुुभएको छ । गाँउ गाँउमा सफल रेडियो पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालीममा गाउँका विकट गाउँठाउँका विभिन्न गाउँपालिकासँगै छिमेकी गाउंको सहभागिता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया