नेकपा एकीकृत समाजवादीको पार्टी संगठन विस्तार – Nagarikabhiyan : National News

नेकपा एकीकृत समाजवादीको पार्टी संगठन विस्तार

नेकपा एकीकृत समाजवादीको पार्टी संगठन विस्तार गर्ने क्रमम सुनसरीमा तिव्र पारिएको छ । नेकपा एकीकृत समाजवादीको सुनसरी इनरुवा नगरपालिका ६ नंम्बर वडा कमिटि सनिबार गठन गरिएको छ । एमालेका नेता भिमप्रसाद आचार्यको गाउँमा दुर्गा नारायण चौधरीको अध्यक्षतामा नेकपा एकीकृत समाजवादीको इनरुवा नगरपालिका ६ नंम्बर वडा कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा यसोधा फुयाल, सचिबमा अभि निरौला, उपसचिवमा यम बहादुर बस्नेत,उप सचिवमा पर्शुराम कटुवाल समेत ३१ सदस्य कमिटि गठन भएको जनाएको छ । कार्यक्रम नगर सभापति सुबास राईको अध्यक्षतता तथा जिल्ला अध्यक्ष गोविन्द निरौलाको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । अतिथिमा केन्द्रीय परिषद् सदस्य सागर तिम्सिना, प्रदेश सदस्य तिर्थ अधिकारी, मुख्य मन्त्री प्रदेश १ कार्यालय प्रेस सल्लाहकार बन्धु पोखरेल, जिल्ला सदस्य राजेस दाहाल, बिनोद लुईटेलको उपस्थिती रहेको थियो । एमाले केन्द्रीय सदस्य तथा प्रदेश संसद भिम आचार्यको गृह वडामा कमिटि गठन इनरुवा ६ नं. वडा कमिटी गठन भएपछि झट्का दिएको बताइएको छ ।