बर्जु महोत्सव आगजनीको घटनाको छानविन गर्न समिति
५ माघ २०७८, बुधबार १९:०१
सुनसरीको बर्जु गाउँपालिकाको बर्जु महोत्सवमा भएको तोडफोड र आगजनीको घटनाको छानविन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला सुरक्षा समितिको बैठकले बर्जु महोत्सव आगजनीको घटनाको छानविन गर्न पाँच सदस्य छानविन समिति गठन गरेको छ ।
प्रशासनले राजनीतिक दलका प्रतिनिधि, पत्रकार र अधिकृत तथा सुरक्षा निकायको सर्वपक्षिय छलफल र बैठकबाट बर्जु घटनाको सत्य तथ्य छानविन गरी ५ दिन भित्र प्रतिवेदन पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा पाँच सदस्य समिति गठन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । प्रजिअ यादवका अनुसार संयोजकमा जिल्ला प्रशासन कार्यालय, सुनसरीका सहायक प्रजिअ आनन्द पौडेल, सदस्यहरुमा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक मित्रलाल श्रेष्ठ, किरण भट्टराई र सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद चौधरी रहेका छन् ।
निर्णय सार्वजनिक गर्दै प्रजिअ यादवले बर्जु गाउँपालिकामा बर्जु महोत्सव गर्नका लागि अनुमती दिएकोमा माघ गते स्थगित गर्न आदेश सहित पत्राचार गरेको त्यस विपरित अयोजकले एकतर्फीं काम गरेकाले घटना भएको उल्लेख गर्नुभएको छ ।
प्रेस विज्ञप्ति
मिति २०७८।०९।१२ गते बर्जु गाउँपालिकाको सिफारिसमा बर्जु सामुदायिक विकास केन्द्र आयोजक र प्रायोजक हुने गरी बर्जु महोत्सव सञ्चालन गर्नका लागि अनुमति माग भएको । यस विषयमा गाउँपालिकाका अध्यक्ष र सम्बन्धित समितिका सदस्यहरु समेत भई जि.प्र.का.मा सुरक्षा समितिका पदाधिकारीका बीच फैलदो/बढदो कोभिड संक्रमण तथा शान्ति सुरक्षाको चुनौतीको बारेमा गम्भीर छलफल भएको । पश्चात गाउँपालिकाले पूर्ण जिम्मेवारी लिने गरी तत्कालीन अवस्थामा जिल्ला सुरक्षा समितिको मिति ०७८।०९।२३ को निर्णयबाट तोकिए बमोजिमको मापदण्ड पुरा गर्ने शर्त र अधीनमा रही महोत्सव गर्न अनुमति दिइएको ।
मिति २०७८।०९।२६ गतेको गृह मन्त्रालय शन्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्रबाट CCMC को corona protocal पालना सम्बन्धी निर्देशन भए बमोजिम मिति २०७८।०९।२७ गते DCMC बाट निर्णय भई प्रमुख जिल्ला अधिकारीबाट आदेश जारी भएको । मिति २०७८।०९।२८ गते यस कार्यालयबाट सबै स्थानीय तहलाई निर्णय कार्यान्वयन गर्न पुनः पत्राचार गरिएको ।
जिल्ला प्रशासन कार्यालयको मिति २०७८।१०।०२ गते को पत्रबाट स्थानीय क्षेत्रका वासिन्दाको गुनासो समेतका आधारमा उक्त महोत्सव सञ्चालन गर्न दिइएको अनुमित आजै देखि खारेज गरिएकोले महोत्सव तत्काल रोक्न बर्जु गाउँपालिकालाई पत्राचार गरिएको ।
यति हुदाहुदै पनि आयोजकले महोत्सव बन्द गर्ने निर्णय नगरी महोत्सव उत्कर्षमा पर्याउने गरी विहारका कलाकार खेसरीलाल यादवलाई निमन्त्रणा गरेको । उल्लेखित कलाकार विभिन्न कारणले महोत्सवमा उपस्थित हुन नसकेको प्रतिक्रियास्वरुप, स्थानीय बर्जु क्षेत्रका उत्तेजित भीडले तोडफोड गरी आगजनी गरी सो घटना हुन गएको । यस घटनाको जिल्ला प्रशासन कार्यालय सुनसरी भर्त्षना गर्दछ ।
उक्त घटनाको सत्य तथ्य छानविन गरी ५ दिन भित्र प्रतिवेदन पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारी श्री आनन्द पौडेलको संयोजकत्वमा निम्न पदाधिकारी रहने गरी छानविन समिति गठन गर्ने निर्णय गरिएको छ ।
१ स.प्र.जि.अ. श्री आनन्द पौडेल श्री जिल्ला प्रशासन कार्यालय, सुनसरी संयोजक
२. प्र.ना. उ. श्री नरेन्द्र कुमार कार्की श्री जिल्ला प्रहरी कार्यालय, सुनसरी सदस्य
३. स.प्र.ना.उ. श्री मित्रलाल श्रेष्ठ श्री स.प्र.बल, नेपाल नं. ४ गण हे.क्वा., सुनसरी सदस्य
४. अ.अ. किरण भट्टराई श्री रा.अ.जि.का., सुनसरी सदस्य
५. प्र.अ.अ. प्रमोद चौधरी श्री बर्जु गाउँपालिका, बर्जु सदस्य
जिल्ला प्रहरी कार्यालय सुनसरीद्वरा उक्त घटनाको अनुसन्धान (दोषीको पहिचान) गरी कार्यवाही प्रक्रिया अगाडी बढाउने समेत निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकरी
मितिः २०७८।१०।०५ जिल्ल प्रशासन कार्यालय, सुनसरी

फेसबुकबाट तपाईको प्रतिक्रिया