कतार च्यारटीले अक्सिन सिलिन्डर सहित विभिन्न २१ वटा सामग्री हस्तान्तरण
४ माघ २०७८, मंगलवार १९:२४
सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पताललाई कतार च्यारटीले अक्सिन सिलिन्डर सहित विभिन्न २१ वटा सामग्री हस्तान्तरण गरेको छ । इनरुवा जिल्ला अस्पतालको लागि आवश्यक पर्ने र यहाँ रहेको आइसोलेशन केन्द्रलाई सहयोग पुग्ने गरी अक्सिन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कतार च्यारटी नेपालका निमित कार्यकारी निर्देशक इर्साद अलि सेखले अक्सिन सिलिन्डर, बेड १० थान, र्याक, रगत परीक्षण गर्ने उपकरण, इसीजी मेसिन सहित विभिन्न २१ वटा सामग्री अस्पातलका डा. देवराज घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।
मंगलवार इनरुवा नगरपालिकाको परिसरमा एक कार्यक्रम गरी स्वास्थ्यसामग्री हस्तान्तरण गरेको हिदायत एजुकेशनल एण्ड बेल फेयर ट्रष्ट नेपालका सचिव हजरत हुसेनले जानकारी दिनुभयो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा देवराज घिमिरेले अस्पतालाई सहयोग पुग्ने सामग्री प्रदान गरेकोमा सहयोगीलाई धन्यवाद दिनुभयो । प्रमुख अथिति सिताराम मेहता, इनरुवा नगरप्रमुख राजन मेहता, ज्योति सुब्बा, जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी सहितको उपस्थितीमा मेडिकल उपकरण वितरण, निशुल्क स्वास्थ्य सेवा र सहयोगको कार्यक्रम गर्दै आएको कतार च्यारेटीका निमित निर्देशक इर्साद अलि सेखले जानकारी गराउनुभयो । कार्यक्रममा दिएको जानकारी अनुसार विभिन्न उपकरणहरु ३६ लाख ६७ हजार ४८ रुपियाँको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया