सर्वोच्चका न्यायाधीशहरुको फुल कोर्ट बैठक बस्दै
४ माघ २०७८, मंगलवार १०:३८
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण (फुल कोर्ट) बैठक आज बस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारका लागि बैठक बोलाउनुभएको हो जबराले नै फुल कोर्ट बैठक बोलाए पनि उनी भने बैठकमा सहभागी हुनुहुने छैन ।
कोरोनाको संक्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना संक्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भनी फुल कोर्ट बोलाइएको एक न्यायाधीशले जानकारी दिए ।
बैठकमा सहभागी नभए पनि बैठकले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानन्यायाधीश जबराले हस्ताक्षर भने गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया