जाडोले जनजिवन प्रभावित , स्थानीयद्धारा दाउराको माग
२८ पुष २०७८, बुधबार १८:४३
मुनाफ हसन । इनरुवा
सुनसरीमा पछिल्लो हप्ताको निरन्तरको अत्यधिक जाडोले जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातार हुस्सु लाग्ने र चिसो हावा बहने क्रम जारी रहेकाले जनजीवन कष्टकर बनेको हो । दुईसाता अघिको सिमसिमे पानीले बढेको जाडो पाँच दिनयता केहीबेर घाम लागेको भएपनि मंगलबार साझदेखि फेरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको हो । चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा, दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन् । चिसोले बजार क्षेत्रमा चहलपहल ह्वात्तै घटेको स्थानीय मुनाफ सहनले बताउनुभएको छ । एक्कासी चिसो बढे पनि जिल्लामा कुनै किसिमको पूर्व तयारी नगरिँदा गरीब र विपन्नलाई कठ्यांग्रिएरै जीवन धान्नुपरेको गुनासो बाहिर आएको छ । अत्यधिक जाडोका कारण हालसम्म कसैको मृत्यु नभएपनि विपन्न र गरिब परिबारको जनजिवन प्रभावित भइरहेको छ । जाडो बढेकाले सुनसरी क्यापसका विधार्थीले क्याम्पसमा घुर बालेर आगो ताप्ने पढ्ने काम गरेको एक विकार्थीले बताएका छन् । जिल्लामा विगतमा दाउरा वितरणलाई नै प्राथमिकतामा राखिएको भएपनि यसपाली दाउराँ वितरण गरेको इनरुवा नगरक्षेत्रका स्थानीयहरुले गुनासो गरेका छन् । दाउरा वितरण गर्न स्थानीयहरुले माग गरिएको छ । जोडोलाई आगो बालेर भगाउने तयारी थालिएको एक स्थानीयले बताएका छन । यसबाहेक न्यानो कपडा वितरण गर्ने कार्यक्रम पनि जिल्लाका विपन्न बस्तिमा गर्नुपर्ने माग उठेको छ । कतिपय गाउँपालिकामा भने आगो ताप्ने कामलाई प्राथमिकतामा राखिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया