न्यायिक तथा मेलमिलाप सम्बन्धी पाँच दिने तालिम सम्पन्न – Nagarikabhiyan : National News

न्यायिक तथा मेलमिलाप सम्बन्धी पाँच दिने तालिम सम्पन्न

 

सुनसरीको गढी गाउँपालिकामा सृजनसिल सामाजिक विकास संस्था गढी गाउँपालिका ६ सतैरझोरा सुनसरीको आयोजना र गढी गाउँपािलकाको सहयोगमा न्यायिक तथा मेलमिलाप सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । मंगलबार गाउँमा मेलमिलापकर्ता उत्पादन गर्ने उदेश्यका साथ पाँच दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको हो ।
तालिममा गाउँपालिकाका ६ वटा वडाका ३० जनाको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष सम्भु प्रसाद मण्डलले जानकारी दिनुभयो । तालिममा नेपाल बार एशोसियसन सुनसरी बार इकाईका पूर्व अध्यक्ष लखनलाल यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्की, मेलमिलापकर्ता जयकृष्ण यादव, अधिकारकर्मी रमेश भट्टराई सहितले प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि गढी गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरीले मेलमिलाप आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले मेलमिलाप हुन सक्ने विवादहरू न्यायिक समिति वा अदालतसम्म पुगे पनि मेलमिलाप मार्फत मिलाउन जोड दिनुपर्ने बताउनुभयो ।
तालिम समापन समारोहमा प्रमुख प्रशिक्षक अधिवक्ता लखनलाल यादवले सहभागीहरूले तालिममा सिकेका कुरालाई आत्मासाथ गरी काम गर्नुहुनेमा विश्वास व्यक्त गर्नुभयो । विषयबिज्ञहरुले कथा, कविता र आफूले भोगेका अनुभवको प्रस्तुति सहित मेलमिलाप सम्बन्धका विद्यमान कानून, व्यवहारिक समस्या, कठिनाइ र मेलमिलाप गराउँदा अपनाइने प्रक्रिया, चरण, विधि र विविध विषयका तालिम दिनुभएको छ । सहभागीहरूलाई मेलमिलापकर्ता, पक्षहरू, अवलोकनकर्ता समेत भएर विभिन्न विधामा अभिनय सहित तालिम दिइएको छ ।
तालिमले सहभागीहरूमा कानूनी ज्ञानका साथै मेलमिलाप सम्बन्धमा व्यवहारिक ज्ञान प्राप्त हुनुका साथै समाज, न्यायिक समिति र अदालतमा भएका मेलमिलाप हुन सक्ने विवाद र समस्यालाई मेलमिलाप मार्फत समाधान गरी समाज र अदालत समेतलाई सहयोग पु¥याउने बताएका छन् ।
कार्यक्रममा गढी गाउँपालिका ४ का वडा अध्यक्ष रामचन्द्र महतोले मेलमिलाप सम्बन्धी तालिममा छ ओटै वडाहरुका ३० जना मेलमिलापकर्ताहरु उत्पादन भएकोमा खुसी व्यक्त गर्नुभयो । गढी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिक संयोजक राजकुमारी चौधरीले प्रत्येक वडामा मेलमिलापकर्ताहरुको सहभागितमा मेलमिलाप केन्द्र संचालनमा ल्याउने बताउनुभयो ।      गढी गाउँपालिका २ का वडा अध्यक्ष अरुण कुमार चौधरीले गढीमा नै पहिलो पटक मेलमिलापकर्ताहरुलाई तालिम दिएकाले वडामा समेत मेलमिलापकर्ताहरुले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । तालिम आयोजक संस्थाका अध्यक्ष सम्भु प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको भएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव दिलिप चौधरीले गर्नुभएको थियो । कार्यक्रममा गढी १ का वडा अध्यक्ष इन्द्रलाल थारु , गढी २ नम्बर वडा अध्यक्ष अरुण कुमार चौधरी, ४. नम्बर वडा अध्यक्ष रामचन्द्र महतो ,५. नम्बर वडा अध्यक्ष सुगना झागँड, ६. नम्बर वडा अध्यक्ष बन्धुलाल सरबरीया सहितको उपस्थिती रहेको थियो । सहभागीका तर्फबाट भानु हजारी, लक्ष्मी चौधरी, अर्जुन मेहता, चन्दा मेहता, संस्थाका टिकाराम साह, सहभागि आरती राम सहितकाले बोल्नुभएको थियो । यसैबीच सोही कार्यक्रममा सहभागीलाई प्रमाण पत्र सहित मेलमिलापकर्ता लेखिएको टि सर्ट, कार्यक्षेत्रमा जानेहरुलाई फुलमाला र अविर लगाएर शुभकामना दिएका थिए । सहभागी र आयोजकका तर्फबाट गढी १ का वडा अध्यक्ष इन्द्रलाल थारु , गढी २ नम्बर वडा अध्यक्ष अरुण कुमार चौधरी, गढी ३ का अध्यक्ष टुनालाल चौधरी, गढी ४. नम्बर वडा अध्यक्ष रामचन्द्र महतो ,५. नम्बर वडा अध्यक्ष सुगना झागँड, ६. नम्बर वडा अध्यक्ष बन्धुलाल सरबरीया सहित न्यायिक समिति संयोजक राजकुमारी चौधरीलाई सम्मान गरिएको छ । त्यसैगरी प्रशिक्षकहरुलाई पनि प्रसंशा पत्र हस्तान्तरण गरिएको थियो ।