सामाजिक सञ्जालमा मोहर्रम पर्वका लागि बनाएको दाहाको तस्बिर राखेको निहुमा विवाद – Nagarikabhiyan : National News

सामाजिक सञ्जालमा मोहर्रम पर्वका लागि बनाएको दाहाको तस्बिर राखेको निहुमा विवाद

जनकपुर । जनकपुर उपमहानगरपालिका वडा २० सामाजिक सञ्जालमा स्थानीय मुस्लिम समुदायले मोहर्रम पर्वका लागि बनाएको दाहाको तस्बिर राखेको निहुमा भएको विवादले झडपको रुप लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा एक हिन्दु युवाले मोहर्रमका लागि बनाइएको दाहाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको विषयलाई लिएर हिन्दु मुस्लिमबीच विवाद उग्र रुप लिएको छ । केही दिन अघि हिन्दु युवाले दाहाको फोटो सामाजिक सञ्जालमा शेयर गरेको लगत्तै मुस्लिम समुदाय सोही विषयलाई लिएर आक्रोशित भएको थिए ।

यो, विवादमा शनिबार दुवै पक्षबीच केहीबेर पत्थरबाजी समेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शनिबार बिहान १० बजे सुरु भएको यो झडप नियन्त्रणमा आइसकेको र विवाद समाधानका लागि वार्ता भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रको भनाई अनुसार ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको उहाले बताउनु भएको छ । यता, झडपमा केहि मानिसहरु समान्य घाईते भएको छ ।