कर्मचारी युनियनको अध्यक्षमा पोखरेल
२५ पुष २०७८, आईतवार १८:२८
नेपाल निजामती कर्मचारी युनियनको आठौ जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्य समिति सुनसरी चयन भएको छ । इनरुवामा सम्पन्न भएको ८ औ अधिवेशनबाट अध्यक्षमा निखिल पोखरेल, उपाध्यक्षमा हिरा साह, सगमलाल चौधरी, महिला उपाध्यक्षमा श्रीती मेहता, सचिवमा उमेश राई, सहसचिवमा नेत्र न्यौपाने र कोषाध्यक्षमा अभिनारायण भट्टराई सर्वसहत निर्बिरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा कैयुम अंसारी, रुद्र कुमार श्रेष्ठ, श्याम किसोर मण्डल, सन्तोश अधिकारी, मन्दिरा कार्की, भिमबहादुर श्रेष्ठ, अमरलाल साह र केन्द्रिय प्रतिनिधिमा शिवनारायण यादव सहितका सम्पूर्ण टिम निरविरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया