प्रेसको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हान्ने अनिश महर्जन पक्राउ
१९ भाद्र २०७७, शुक्रबार २०:२६
काठमाडौं । बिहीबार पुल्चोकमा पत्रकारको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
महालक्ष्मी नगरपालिका इमाडोल बस्ने २१ वर्षीय अनिश महर्जनलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
महर्जनले प्रेसको ज्याकेट तथा क्यामेरा बोकेर प्रहरीमाथि ढुंगा हानेका थिए।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले ढुंगा हानेको फुटेजको आधारमा उनलाई पक्राउ गरेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया