सामाजिक सञ्जालले कुलमानलाई पुनः नियुक्ति दिएको हो सरकारले होइन : मन्त्री खतिवडा – Nagarikabhiyan : National News

सामाजिक सञ्जालले कुलमानलाई पुनः नियुक्ति दिएको हो सरकारले होइन : मन्त्री खतिवडा

काठमाडौं । सरकारका प्रवक्ता तथा संचार एवं अर्थमन्त्री डा.युवराज खतिवडाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा मन्त्रिपरिषदमा कुनै छलफल नभएको प्रष्ट पारेका छन् ।

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिंदै उनले घिसिङलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पुनः नियुक्ति दिएको टिप्पणी गरेका हुन् ।

घिसिङको कार्यकाल भदौ २९ गते सकिंदै छ । उनलाई प्राधिकरणमै पुनः नियुक्ति गर्नुपर्ने दवाव छ । घिसिङले पनि प्राधिकरणमा आफ्ना थुप्रै योजनाहरू अधुरो रहेको भन्दै पुनः नियुक्तिका लागि पहल गरिरहेका छन् ।