शैक्षिक गुणस्तरमा जोड
१४ पुष २०७८, बुधबार १०:५३
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित एक कार्यक्रमका सरोकारबालाहरुले शैक्षिक गुणस्तरमा जोड दिएका छन् । भोक्राहा नरसिंह गाउँपालिका र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौको सहयोग तथा विभिन्न संघसंस्थाको अयोजनामा आयोजित शैक्षिक गुणस्तरमा सरोकारबालाहरुको भुमिका विषयक अन्तरकृया कार्यक्रममा शिक्षामा सबैको पहुच र शैक्षिक गुणस्तर कायम हुनुपर्नेमा जोड दिएका हुन् । गाउँपालिकाका सामुदायिक तथा धार्मिक विद्यालयका सरोकारबालाहरुको उपस्थितीमा भएको कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले शैक्षिक गुणस्तरमा ध्यान दिन सबैमा आग्रह गर्नुभयो ।
यादवले शैक्षिक गुणस्तर कायम गर्नका लागि एउटा मात्रै क्षेत्र नभई सबै सरोकारबालाहरुको सकृया आवश्यक रहेको बताउनुभयो । वहाँले शैक्षिक गुणस्तरका लागि सरकार मात्र नभई विधार्थी, शिक्षक, अभिभावक, संघसंस्था समेत गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका शिक्षा शाखाका प्रमुख रमेशचन्द्र तिमिल्सिनाले सरकारको लगानि शिक्षामा भए अनुसारको प्रतिफल नआउनुमा सरोकारबालाहरु समेत जिम्मेबार रहेकाले आ आफ्नो ठाउँबाट योगादन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मानव अधिकार समूहका सचिव बेलाल अंसारीले शैक्षिक गुणस्तरका लागि विद्यालय नियमित संचालन हुनुपर्ने, विधार्थी र शिक्षक नियमित हुनुपर्ने, विषयगत शिक्षकको व्यवस्था, अभिभावक शिक्षा आवश्यक रहेको बताउनुभयो । अंसारीले शैक्षिक गुणस्तरको सबाल सबैको भएकाले त्यसमा अभिभावक, शिक्षक, प्रधानाध्यापक, विधार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ सहितले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अधिकारकर्मी आफिया बानोले सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनमा समेत शैक्षिक स्तरले प्रभाव पार्ने भएकाले त्यसमा गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउनुभयो । कार्यक्रम आफिया बानोको अध्यक्षतामा सम्पन्न भएको थियो । आयोजित कार्यक्रममा प्राविधिक सहायक सन्तोश रावत, शिक्षक श्यामदेव मण्डल, पवनकुमार मेहता, मेराज आलम, इल्यास फलाही, हरिलाल यादव, मुन्तजिर अंसारी, खोर्शिन इस्लाही र ब्रहमदेव मेहता तथा रेडक्रसका सन्तोश शर्मा सहितको उपस्थिती रहेको सहभागी देव मण्डलले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया