मानव अधिकार सम्बन्धी अन्तरकृया सम्पन्न – Nagarikabhiyan : National News

मानव अधिकार सम्बन्धी अन्तरकृया सम्पन्न

 

सुनसरीको इटहरीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको आयोजनामा मानव अधिकारका सवालमा संचारकर्मीसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्भ घिमिरेले पत्रकार तथा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व भएको बताउनुभयो । मंगलबार सम्पन्न भएको कार्यक्रममा घिमिरेले पत्रकारहरुको काम समाचार लेख्ने र सूचना प्रवाह गर्ने भएको बताउनुभएको छ ।
वहाँले पत्रकारहरुले मानव अधिकारमैत्री समाचर गर्नुपर्ने र मानव अधिकार बिटमा पनि पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । देशमा पार्टीकारिताले अन्यौलता बढेको बताउनुभयो । वहाँले पत्रकार भन्दा यूटुवरलाई खोज्ने बढेकाले पनि मानव अधिकारका सवालहरु ओझेलमा परेको बताउनुभयो । अध्यक्ष घिमिरेले पत्रकारले समाचार लेखेको भरमा कुनै पनि धम्की खेप्न नपर्ने बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) १ नम्बर प्रदेश संयोजक सोमराज थापाले मानव अधिकार रक्षकहरुले सरकारको विरोधी नभएर सहयोगीको रुपमा काम गर्ने हुदाँ मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण गर्न राज्यले जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका प्रदेश सचिव सन्तोश यादवले सबै पत्रकार मानव अधिकार रकक्ष भएको बताउनुभएको छ । वहाँले पत्रकारले पेशाप्रति इमान्दारिताका साथ काम गर्न सकेको खण्डमा सुरक्षाको अभाव खेप्न नपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋिषी पत्रकार र राईले मानव अधिकारकर्मीहरुले प्रत्यक्ष नागरिकसंग काम गर्ने हुदा बिभिन्न चुनौती र समस्या भोग्नुपर्ने भएकाले समग्र मानव अधिकारको क्षेत्रमा काम गर्ने पत्रकार र मानव अधिकारकर्मीहरुको सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ मोरगंका अध्यक्ष संजीव खनालेले इन्सेकले प्रदेशमा मानव अधिकारकर्मीहरु र नागरिकको अधिकारको पक्षमा समेत वकालत गर्ने काम गरेको बताउनुभयो ।मानव अधिकार रक्षक संजाल प्रदेश १ का संयोजक सोमराज थापाले मानव अधिकार रक्षकहरुले सरकारको सहयोगीको भुमिकामा काम गरे पनि उनीहरुको सुरक्षा र संरक्षणका लागि सन्तोशजनक पहल नगरेको गुनासो गर्नुभयो ।
पत्रकारले सुरक्षा निकायबाट समयमा तथ्य र सही सुचना नपाउदा समाचार सम्प्रेशण गर्न समस्या भएको सहभागी पत्रकार मनिता चामलिंगले गुनासो गर्नुभयो । पत्रकार विकल रेग्मीले पत्रकारिता र अधिकारको क्षेत्रमा काम गर्दा कर्तव्य पनि बिर्सिन नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्काले देशभरको पत्रकारको सुरक्षा तथा धम्की आक्रमणको घाटनाको बारेमा चर्चा गर्नुहुदै पत्रकारको सुरक्षा र संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । खड्काले पत्रकारको पेशागत र भौतिक सुरक्षा प्रति नेपाल पत्रकार महासंघ गम्भिर रहेको बताउनुभयो ।
त्यसैगरी पत्रकार पीवी दियालीले मानव अधिकारको सवाल प्रति सरकार गम्भिर हुनुपर्ने बताउनुभयो । जातिय विभेद पीडित नारायाण परियारले आफूलाई न्याय नभएको र सुरक्षा र संरक्षणमा राज्य उदासिन रहेको गुनासो गर्नुभयो । कार्यक्रममा श्रीलंकाटाप्पुबासी प्रकाश चन्द्रवशीले राज्यको पहुचमा नागरिक नभएको र नागरिकको पहुचमा राज्यको सेवामा नभएको बताउनुभयो ।
पत्रकार सुवद्रा प्याकुरेलले इन्सेकको कार्यक्रम पत्रकारका लागि प्रभावकारी भएको बताउनुभयो । वहाँले राज्यका प्रतिनिधि र गैरसरकारी संस्था तथा पत्रकार सहितको वृहत कार्यक्रमहरु समेत गरेर मानव अधिकारका सबालका बारेमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा इन्सेक प्रदेश कार्यालयका प्रलेश अधिकृत पुण्य अधिकारीले प्रदेश १ को मानव अधिकारको अवस्था र तथ्यांक प्रस्तुत गर्नुभएको थियो । अधिकारीले प्रदेश १ को १४ जिल्लामा ९७३ वटा मानव अधिकार हनन तथा उल्लघंन भएको जानकारी दिनुभयो । कार्यक्रमको संचालन इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवले गर्नुभयो । कार्यक्रममा जिल्लाभरीका ४५ बढी पत्रकारको सहभागीता रहेको थियो ।