नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
८ भाद्र २०७७, सोमबार १७:३०
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १ सय ५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ पुष्टि भएका मृतकहरू सुनसरी, मोरङ, पर्सा र काठमाडौं र रूपन्देहीका हुन् ।
तीमध्ये रूपन्देहीमा एक महिला र तीन पुरुष छन् । अरू सबै मृतक पुरुष हुन् । उनीहरूमध्ये एक जना ३८ वर्ष र बाँकी सबै ४८ देखि ७० वर्षसम्मका छन् ।
यसैगरी मुलुकमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौं उत्पयकामा २२४ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । साथै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया