काठमाडौं उपत्यका सहितका ‘हटस्पट’मा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्नुपर्छः गगन थापा
२ भाद्र २०७७, मंगलवार २०:५५
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गरेका छन् ।
थापाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन र उपचारलाई सहज बनाउन काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गरेका छन् ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएर भाइरसको संक्रमण फैलिन नदिन माग गरेका हुन् । उपचारलाई सहज बनाउन काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्नुपर्ने उनको भनाई छ ।
अवागमन पूर्णरुपमा बन्द गर्न र अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु रोक्न माग गरेका छन् । संक्रमण फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई हप्ताका लागि काठमाडौंलगायत संक्रमण बढ्दो गतिमा भएका ‘हटस्पट’ हरुमा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्नुपर्ने उनको भनाई छ ।
जनस्वास्थ्य आपतकालको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्णय र नियम निर्देशिका लगायतका संयन्त्र बनाउनुपर्छ भने तत्काल बनाउनुहोस् । अवागमन पूर्णरुपमा बन्द गर्नुहोस् । अत्यावश्यक सेवाबाहेक सबै रोक्नुहोस् ।’ ध्यानाकर्षणपत्रमा उनले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया