बेतना सिमसारको प्रवेशद्वारमा तालाबन्दी
६ पुष २०७८, मंगलवार १६:०७
बेलबारी । मोरङको बेतना सिमसार सामुदायिक वनको प्रवेशद्वार तथा कार्यालयमा तालाबन्दी भएको छ ।
बेतना सिमसार सामुदायिक वन तथा सिचाई उपभोक्ता संघर्ष समितिले तीनबँदे माग अघि सार्दै वनको प्रवेशद्वार तथा कार्यालयमा ताला लगाएको हो । स्थानीय उपभोक्ताको चाहना र भावना अनुसार समिति गठन गर्न, सामुदायिक वनको नीति र विधिअनुसार विधान संशोधन गरी साधारणसभा गर्न र बेलबारी वडा नं.४ बाहेक अन्य वडामा बाँडिएको परिषद् सदस्य खारेज गर्न संघर्ष समितिले माग राखेका छन् ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक मणि लिम्बूले बताए । लिम्बूले बेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिले आर्थिक अनियमितता गरेको पनि आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया