शनिबार रातिदेखि स्थगित गरिएको मत गणना अहिले केहीबेरमा सुरु – Nagarikabhiyan : National News

शनिबार रातिदेखि स्थगित गरिएको मत गणना अहिले केहीबेरमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना केहीबेरपछि हुने भएको छ ।

३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ । शनिबार रातिदेखि स्थगित गरिएको मत गणना अहिले केहीबेरमा गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधि आउने क्रम जारी छ । केही बेरपछि मतगणना सुरु हुनेछ । यसअघि २३९३ मत गणना भएको थियो । २३९३ मत गणना हुँदा सबैभन्दा बढी शशांक कोइरालाले मत प्राप्त गरेका छन् ।