बकतृत्वकला प्रतियोगितामा मण्डल प्रथम – Nagarikabhiyan : National News

बकतृत्वकला प्रतियोगितामा मण्डल प्रथम

सुनसरी सदरमुकाम इनरुवामा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा नगरस्तरीय बकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सामुदायिक विकास संस्था सुनसरीको आयोजनामा सम्पन्न भएको वैदेशिक रोजगारको अवसर र चुनौती विषयक बकतृत्वकला प्रतियोगितामा प्रिसियस एकेडेमी इनरुवाकी छात्रा अनिसा मण्डल प्रथम, इनरुवा इग्ङलिस बोर्डिग स्कूलकी छात्रा रमिसा यादव दोस्रो र नवयुग एकेडमीकी छात्रा सैयिस्ता अन्जुम तेस्रो हुनुभएको छ । सम्पन्न भएको प्रतियोगितामा बिजयी बिद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरेको संस्थाका धिरज भट्टराईले जानकारी दिनुभयो ।