मुस्लिमहरुले सार्वजनिक स्थलमा नमाज पढे बर्दाश्त हुँदैनः मुख्यमन्त्री – Nagarikabhiyan : National News

मुस्लिमहरुले सार्वजनिक स्थलमा नमाज पढे बर्दाश्त हुँदैनः मुख्यमन्त्री

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुले सार्वजनिक ठाउँमा पढदै आएको नमाज अब सहन नगरिने चेतावनी दिएको छ । छिमेकी मुलुक भारतको हरियाणा राज्यस्थित सार्वजनिक स्थलमा नमाज पढने विषयलाई लिएर भएको विवादको क्रममा मुख्यमन्त्री मनोहरलाल खट्टरले सार्वजनिक स्थलमा नमाज पढन नदिने बताएको छ ।

मुख्यमन्त्री खट्टरले खुल्ला र सार्वजनिक स्थलमा नमाज पढने प्रथा अब सहन नहुने भन्दै चेतावनी दिएको छ । मुख्यमन्त्री खट्टरले शुक्रबार सार्वजनिक स्थलमा नमाज पढने कार्य कुनै पनि हालातमा हुनुहुँदैन । मुख्यमन्त्रीले यस विषयलाई शान्तपूर्ण ढँगले मिलाउन अपिल गर्दै यसको लागि स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन समेत दिए । सार्वजनिक स्थलमा नमाज पढन लाग्दा आम नागरिकले सास्ती भोग्नुपरेको भन्दै सार्वजनिक स्थलमा नमाज नपढन निर्देशन दिएको छ ।

मुख्यमन्त्री मनोहरलाल खट्टरले सँचारकर्मीहरुसँग कुराकानी गर्दै भने, –“हामीले प्रहरीलाई पनि जानकारी दिसकेका छौँ । डिपुटि कमिश्नरलाई पनि यस विषयमा जानकारी गराइसकेका छौँ । यो विषयमा समाधान निकाल्नुपर्छ । कोही आफ्नो ठाउँमा नमाज पढोस वा पूजापाठ गरोस हामीलाई कुनै दिक्कत छैन । धार्मिक स्थल यसैको लागि बनेको हुन्छ । खुल्लामा यस्तो कुनै कार्यक्रम हुनु हुँदैन । यो नमाज पढने प्रथा जो खुल्ला र सार्वजनिक ठाउँमा सुरु भएको छ नी यो कुनै हालातमा सहन हुँदैन । सबैसँग मिलेर यसको समाधान गरिनेछ ।”

मुख्यमन्त्रीले मुस्लिम समुदायसँग धेरै जमिन छ, उनीहरुले आफ्नो जमिनमा, आफ्नो घरमा नमाज पढोस । उनले खुल्लामा नमाज र आपसी टकराव हुनुनपर्ने बताए । उनले भने, यो तय हुनेछ की कसैलाई सुविधा मिलोस तर कसैको अधिकारमा हस्तक्षेप हुनुहुँदैन, तर कसैलाई जबरदस्ती गर्न दिइने छैन ।

मुख्यमन्त्री खट्टरले नमाजको लागि ३७ स्थानलाई खुल्लामा नमाज पढनको लागि चिन्हित गरिएकोमा अब त्यो सबै ठाउँको ईजाजत रद्द गरिएको बताएका छन् । अब सबै कुरा पुनः नयाँ शिराबाट हुने प्रतिक्रिया उनले दिएका छन् ।

ज्ञातव्य छ, हरियाणाको गुरुग्राम इमाम एसोशिएसनलाई चिन्हित स्थानमा नमाज पढने फैसलालाई लिएर मुस्लिमकै खिलाफ मुस्लिमकै २ धाड उभिएको थियो । अल्ताफ ग्रुप र शहजाद ग्रुपले पनि ३७ स्थानमा नमाज पढने परमिशन माग्दै इमाम एसोसिएशनलाई आर एसएसको एजेन्ट समेत बताएको थियो ।