४० जना तरकारी व्यापारीमा कोरोना, विभिन्न स्थान सिल
३० श्रावण २०७७, शुक्रबार १६:००
काठमाडौं । काठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खुका केही क्षेत्र सिल गरिएको छ ।
उक्त स्थानका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही क्षेत्र सिल गरेको हो ।
लकडाउन खुलेसँगै कालिमाटी तरकारी बजारमा र बल्खु तरकारी बजार क्षेत्रमा मानिसको घुइँचो बढेको थियो । वडा कार्यालयलेसमेत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटी र स्थानीय तहको समन्वयमा कोरोना जोखिम क्षेत्रको पहिचान गरी सिल गर्ने कार्य जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया