सभापतिमा कोइरालालाई समर्थन गर्दै युवराज न्यौपानेले फिर्ता गरे उम्मेदवारी
२६ मंसिर २०७८, आईतवार १४:३१
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उठेका युवा नेता युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्। उनले सभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएर अर्का प्रत्यासी शेखर कोइरालालाई सघाउने घोषणा गरेका छन्।
उनले उम्मेदवारी फिर्ताको औपचारिक घोषणा अहिले मध्यान्ह साढे १२ बजे गर्ने भएका छन्। त्यसअघि नै उनले कांग्रेसको निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका छन्।
न्यौपानेले जारी चौधौं महाधिवेशनमा शेखर कोइरालाको टिम राम्रो र युवाको बर्चस्व देखेकाले समर्थन गर्न लागेको बताएका छन्। ‘शेखर कोइरालाको टिम राम्रो छ, त्यहाँ युवाको वर्चश्व पनि छ’, उनले भने, ‘अब म शेखरको टिमलाई समर्थन गर्छु।’
कांग्रेसको जारी १४ औँ महाधिवेशनमा उनले युवाहरुको प्रतिनिधित्व गर्दै सभापतिमा लड्ने बताएका थिए। गोरखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका उनी कांग्रेसमा इतर समूहका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया