निधिले टुंग्याए आफ्नो प्यानलका दुई पदाधिकारी – Nagarikabhiyan : National News

निधिले टुंग्याए आफ्नो प्यानलका दुई पदाधिकारी

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्यानलका दुई पदाधिकारीको टुंगो लगाएका छन् ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य डा। राजाराम कार्की र सुदुरपश्चिम प्रदेश सभा सदस्य दिव्येश्वरी शाहलाई निधिले आफ्नो प्यानलबाट उम्‍मेदवार बनाएका हुन् । उनीहरुले कुन पदमा उम्‍मेदवारी दिने भन्‍नेबारेमा भने टुंगो लागेको छैन।

कार्की नेपाली कांग्रेसका पूवकेन्द्रीय सदस्य रहेका कार्की तरुण दलका पूव महामन्त्री पनि हुन्। वि।सं। २०३० सालमा नेविसंघ धादिङको अध्यक्ष रहेका कार्की महाराजगञ्ज मेडिकल क्याम्पसका पूवस्ववियू सभापति र इकाई अध्यक्ष पनि हुन्।

यस्तै कैलालीकी शाह वि।सं। २०४७ को मदिरा विरोधी आन्दोलनका अभियान्त हुन्। साथै उनी नेपाल महिला संघ कैलालीका संस्थापक अध्यक्ष समेत हुन्।