विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अभिभावक भेला बहिष्कार
१८ श्रावण २०७७, आईतवार १९:१७
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ मा रहेको महाबिर अधारभुत विद्यालयमा विद्यालय ब्यवस्थापन समिति गठनमा बिवाद भएको छ ।
विद्यालयका प्रधानाध्यापक बिजय कुमार मण्डलले दुई वर्षमा २० लाख रुपैयाँ आर्थिक हिनामिना गरेको र विद्यालय पारिवारिक रुपमा चलाएको भन्दै छानबिन गर्नुपर्ने माग राखेपछि आइतवारको लागि बोलाइएको अभिभावक भेला बिथोलिएको छ ।
प्रअ मण्डलले आफनै आसेपासे र आफन्तलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष र सदस्य बनाई आर्थिक हिनामिना गरेको र विद्यालयमा एक्लौटी जमाएको भन्दै आवाज उठाएपछि आइतवारको भेला तनाबग्रस्त बन्यो । प्रअ मण्डलले दुई आर्थिक वर्षमा १०/१० लाख रुपैयाँ बजेटबाट आफु र आफनी छोरी पुजा कुमारी मण्डल सहित ३ जनाले तलब भत्ता र दिवा खाजा कार्यक्रम समेत एक्लौटी गरेर अनियमितता गरेको अभिभावकको आरोप रहेको छ । विद्यालयमा तिन शिक्षक कर्मचारी र ८४ जना विद्यार्थी रजिष्टरमा रहेपनि विद्यालयमा भनृे एक वर्ष यता १० देखी २५ जना विद्यार्थी सम्म नआएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
विद्यालयले आफनो शैक्षिक गुणस्तर बढाउनुपर्ने, आभिभावक र विद्यार्थीको मन जित्नु पर्नेमा स्थापना कालदेखी नै एक दशक यता कोठे र पारिवारिक समिति बनाएर विद्यालय चलाएपछि आलोचित बनेको गुनासो बाहिर आएको छ ।
विद्यालयमा प्रअ विजय मण्डलले आफनो हजुरबुवाको नाममा विद्यालय खोलेको र र यो आफनो निजी विद्यालय जस्तो मात्र भएको धम्की दिदैं आफनो कान्छो काका मिश्रिलाल मण्डललाई दुई पटक र जेठो काका गुलाई मण्डललाई अघिल्लो कार्यकालको अध्यक्ष बनाएको गुनासो बाहिर आएपछि अभिभावक भेला भाडिएको हो ।
प्रअ मण्डलको गैर जिम्मेवारी अभिब्यक्ति र आक्रमक शैलीले झडपको अवस्था समेत सिर्जना गराएको स्थानीय अभिभावक देव नारायण मण्डलले बताउनुभयो । मण्डलका अनुसार प्रअ बिजय मण्डलले आफनै काकालाई घुमाई फिराई तिन कार्यकाल अध्यक्ष बनाएको , आफनै छोरी पुजा कुमारी मण्डललाई अध्यापन अनुमति पत्र नभएपनि करार शिक्षक नियूक्ति गरेको र छोरालाई कार्यालय सहयोगी बनाएपछि अभिभावकहरु आक्रोसित बनेका हुन् ।
आक्रोसित अभिभावकले विद्यालय ब्यवस्थापन समिति अभिभावकबाट हुनुपर्ने, विद्यालयको हरहिसाव सार्वजनिक गर्नुपर्ने, विद्यालयको शिक्षकमा अध्यापन अनुमति पत्र भएकालाई मात्र शिक्षक नियुक्ति गर्नुपर्ने, विद्यालयलाई पारिवारिक सञ्जालबाट मुक्त गर्नुपर्ने र प्रअ मण्डल माथि छानविन गर्नुपर्ने माग गरेका छन् । यता विद्यालयमा भएको भेलामा स्थानीय देब नारायण मण्डल माथि प्रअ विजय मण्डल र उनका परिवारले अभद्र ब्यवहार गरेको गुनासो समेत बाहिर आएको छ । प्रअ विजय र उनकी छोरी पुजा कुमारी मण्डल, आफन्त प्रमेश्वरी मण्डल, दिपक मण्डल, संदिप मण्डल, कुलदिप मण्डल र गुलाई मण्डलले आफुलाई गाली गलौज सहित आक्रमण् प्रयास गरेको र अभद्र ब्यवहार समेत गरेको आरोप लगाएका छन् ।
यता भोक्राहा नरसिंह गाउँपालिकाको शिक्षा शाखाका रमेश तिम्सिनाले घटनाको पुष्टि गर्दै अभिभावक भेला स्थगित भएको प्रतिक्रिया दिनुभयो । तिम्सिनाले मनोनितबाट समिति गठन गर्दै आएको र सोही अभ्यास गर्दा आइतवार केही अभिभावकले बास्तविक अभिभावकबाट समिति बनाउनु पर्ने माग गरेपछि बिवाद भएको बताउनुभयो । थप विवाद हुन नदिन भेला स्थगित गरेको तर आर्थिक अनियमितता भएको वा नभएको आफुलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो । यता प्रअ बिजय मण्डल भने सम्र्पकमा आउन चाहनुभएन भने वहाँको मोवाईल नम्बर ९८१७३४४२९२ मा फोन गर्दा समेत उठाउनु भएन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया