सौराहामा खानलाई भातको अभाव – Nagarikabhiyan : National News

सौराहामा खानलाई भातको अभाव

चितवन ।  एमालेको १०औं राष्ट्रिय महाधिवेशन भइरहेको सौराहामा खानलाई भातको अभाव भएको छ । महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताको चापले गार्द सौराहाको होटल तथा रेष्टुरेन्टहरुमा भातको अभाव भएको हो ।

यतिबेला एमाले पार्टीको नयाँ नेतृत्वमा जुटिरहेको छ । तर कार्यकर्ता तथा नेताहरु भात खाने होटल लजहरुमा रितो अवस्थामा बसिरहेका छन् ।अधिकतम खर्चेर खानाको व्यवस्थापन गर्दा पनि अभाव सृजना भइरहेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।महाधिवेशनका कारण स्थानीय चोक तथा बजारहरुमा सवारी जाम तथा भिडभाड रहेको छ ।महाधिवेशनमा अध्याधिक मानिसहरु भेला भएकाले पनि बजारमा भातको खपत भएको हो ।