कोशीमा कोशी सम्झौताबारेमा सम्मेलन
१० मंसिर २०७८, शुक्रबार १७:४५
सुनसरीको कोशी गाउँपालिकामा कोशी सम्झौताको बारेमा विहार सरकारको उपस्थितीमा सम्मेलन गर्ने भएको छ । कोशी गाउँपालिकामा कोशी सम्झौता यता भएको काम कार्वाही, लाभ र हानी अनि पहुचका बारेमा जानकारी आदानप्रदान गर्ने गरि विहार सरकारको उपस्थितीमा जनवरीको पहिलो हप्ता कोशी सम्मेलन गर्ने भएको छ । कोशी सम्झौतामा भएको १९५४ र संसोधन भएको १९६६ अनुसारको के कती काम भयो, त्यसमा काम गर्ने क्रममा के के सिकाई भयो, नेपाललाई कति लाभ र हानी अनि भारतलाई कती लाभहानी भन्ने बारेमा समिक्षा समेत गर्ने गरि विहार राज्य सरकारको उपस्थितीमा कोशी सम्मेलन गर्ने तयारी भएको कोशीकी उपाध्यक्ष अनिता यादवले जानकारी दिनुभयो । । कोशी व्यारेज निर्माण र त्यसबाट निस्केको नहरहरु , कोशी तटबन्ध सहित भाडामा लिएको जग्गाको उपयोग बारे र सम्झौता बाहेकको काममा दुवै पक्षलाई भएको फाईदाको समिक्षा समेत गर्ने गरि सम्मेलनको निम्तो विहार सरकारलाई दिएको यादवले बताउनुभयो । विहार सरकार र त्यहाँका जनतालाई कोशी बाधको असर अनि नेपाली पक्षमा परेको असरका बारेमा र निर्माण भएको भौतिक विकासमा कसको सहयोग कती ? निर्माण भएको बाटोघाटोले नागरिकमा पुगेको योगदानको समेत समिक्षा र सहयोग आदानप्रदान समेत गर्ने गरी २०२२ को पहिलो जनवरीमा सुनसरीको कोशी गाउँपालिकाको आयोजनामा हुन लागेको प्यकजष् ऋयलअबिखभ का लागि भारत बिहार राज्य सरकारका जल संसाधन मन्त्री संजय झालाई प्रि–आमन्त्रण पत्र दिएको छ । प्रि निमन्त्रण दिदै कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवी यादव नेतृत्वको टोलीले कोशी सम्झौता र त्यसको लाभका बारेमा जानकारी आदानप्रदान गरिएको पालिकाका सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । यादवको टोलीले सुपौल हेडक्वार्टरमा भारतीय पक्षसंग सौहर्द वातावरण निर्माण लागि राजेश झाले पहल गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया