अयोध्यामा राम मन्दिरको शिलान्यास: मोदीले २२.६ किलो चाँदीको ईंटाले जग राख्ने – Nagarikabhiyan : National News

अयोध्यामा राम मन्दिरको शिलान्यास: मोदीले २२.६ किलो चाँदीको ईंटाले जग राख्ने

काठमाडौं । अयोध्यामा राम मन्दिर निमार्णका लागि आउँदो अगस्ट ५ मा भुमी पूजा हुने भएको छ ।

भगवान रामको मन्दिर निर्माण हुने ठाउंमा आउँदो अगस्ट ५ मा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिले भुमी पूजा गर्ने भएका छन् । भुमी पूजाका लागि अगस्ट ५ को दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको छ ।

प्रधानमन्त्री मोदीले भुमी पुजामा २२.६ किलोग्राम शुद्ध चाँदीको ईंटाले मन्दिरको जग राख्ने तयारी रहेको छ । भुमी पूजामा २०० जनाको सहभागिता हुने आयोजकले जनाएको छ । सामाजिक दूरीसहितका सबै नियम पालन गरिने जनाएको छ ।