भद्रकाली सहकारी संस्थाको ८ओ साधारणसभा सम्पन्न !
६ मंसिर २०७८, सोमबार १८:४२
भोक्राहा । सुनसरी भोक्राहा नरसिंह गाउँ पालिका वडा न . २ स्थित रहेको भद्रकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो आय विय सार्वजनिक गर्दै ८ ओ बार्षिक साधारणसभा सम्पन्न गरेका छन् ।
पालिका वार्ड न. २ स्थित रहेकोे पशुपति आधारभुत विद्यालयको प्राङ्गणमा शहरीकारी संस्थाले आफ्नो बार्षिक साधारणसभा सम्पन्न गरेको हो। भद्रकाली बचत तथा ऋण सहकारी संस्थालिमिटेडका अध्यक्ष सदानन्द गुप्ताको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियोे । भने कार्यक्रमको प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिका शहकारी प्रमुख सीता राम मेहताले मैनबती र बैनर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे ।
कार्यक्रममा जेष्ठ नागरिक तथा सहकारी संस्थापक ६ जना भन्दा बढी व्याक्तिहरु लाई दोसल्ला ओढाइ , अबिरको टीका स्वागत सम्मान गर्नु भएको थियोे । भने भद्रकाली बचत तथा ऋण सहकारी संस्थाको यस बर्षको शेयर पूंजी ७ लाख ३५हजार २ सय , जगेडा कोष १लाख ६२ हजार ३ सय १८ रुपैया ३७ पैसा, अन्य कोष तर्प ५ लाख २५ हजार ४ सय ६१ रुपैया ६ पैसाको रहेको छ। भने संरक्षित पुजी फिर्ता कोष अन्तरगत ८१ हजार २ सय ३२ रुपैया ८१ पैसा, ऋण जोखिम कोषमा २५ हजार रहेका छन। त्यसै गरि शेयर लाभांश कोष २०% संरक्षित पूंजी कोष ४५% ,कर्मचारी बोनस कोष ५% सहकारी शिक्षा कोष १०% , सहकारी विकास कोष १०% र डुबान्त ऋण कोष अन्तरगत १०% गरि जम्मा १००% रहेको छ ।
सहकारी संस्थाको निक्षेप डिपोजिट १ लाख ३९ हजार , बचत तर्फ १९ लाख ९२ हजार ४ सय १२ रुपैया ,ऋण लिएको हिसाब शन्यू रुपैया , भुक्तानी दिनु पर्ने १० हजार र अन्य दायित्व हिसाब १हजार ५ सय ५१ रुपैया रहेको छ । त्यसपछी संस्थाको सम्पत्ति तथा जायजेथा अन्तरगत नगद मैज्दात ११ हजार ४ सय ५४ रूपमा , बैंक मोज्दात ९८ हजार १ सय ७६ रुपैया २४ पैसा , लगानी हिसाब ३४ हजार ५ सय , सदस्यहरु लाई ऋण लगानी ३५ लाख १३ हजार १ सय १४ रुपैया र अन्य सम्पत्ति सामान तर्फ १४ हजार ९ सय ३१ गरि जम्मा ३६ लाख ७२ हजार १ सय ७५ रुपैया २४ पैसा रहेको सहकारी संस्थाको अध्यक्ष सादानन्द प्रसाद गुप्ताले बार्षिक साधारणसभा मार्फत सार्वजनिक गरेका थिए ।
कार्यक्रममा पशुपति आधरभुत विद्यालयका प्र.अ पवन कुमार मेहता, शिक्षक जालेश्वर मेहता,स्कुल व्यवस्थापन समितिका अध्यक्ष जागेश्वर मेहता, जेष्ठ नागरिक रघुनन्दन मेहता, जुगेश्वर साह, साथै भद्रकाली शहकारी संस्थाका सम्पुर्ण शेयर सदस्यहरु लगायत ब्याक्तिहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया