प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न प्रधानमन्त्री शेरबाहदुर देउवाको आग्रह
५ मंसिर २०७८, आईतवार १७:०१
देवानगंज । नेपाली काङग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबाहदुर देउवाले सर्वसम्मत पार्टीका पदाधिकारी चयन गर्नका लागि आग्रह गर्नुभएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका २ मा आइतबार गाउँपालिकाको कार्यालय भवनलाई उद्घाटनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुुभयो । उहाँले पार्टीको १४औं महाधिवेशन अन्तर्गत अधिवेसन हुुन बाकी रहेको पदहरुमा सर्वसम्मत पदाधिकारी चयन गर्नका लागि नेता तथा कार्यकर्तालाई आग्रह गर्नुुभयो । पार्टीको क्षेत्र, जिल्ला, केन्द्रिय महाधिवेशन प्रतिनीधि र प्रदेश अध्यक्ष सहितका पदाधिकारीहरु सकभर सर्वसम्मत रूपमा चयन गर्नका लागि आग्रह गर्नुहुुदै त्यसो नभए स्वच्छ प्रतिष्पर्धाबाट चयनका लागि आग्रह गर्नुभयो ।
पार्टी भित्रैको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धाको हिसाबले नभई सकभर सर्वसम्बत नभए लोकतान्त्रिक पद्धती अनुसार स्वच्छ निर्वाचन गरेर पदाधिकारी चयन गर्नका लागि आग्रह गर्नुुभयो ।
पार्टी भित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टी भित्रका नेता तथा कार्यकर्ताहरुमा द्धन्द हुनुुका साथै पार्टीलाई समेत आउन निर्वाचनमा घटा हुुने भएकाले त्यस तर्फ ध्यान केन्द्रित गर्नका लागि नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । फरक प्रसङगमा बोल्नुहुदै प्रधानमन्त्री देउवाले यस क्षेत्रमा रहेको समस्याहरुलाई समाधान गर्नका लागि आफुले प्रयास गर्ने बताउनुुभयो ।
यस क्षेत्रको शिक्षा, स्वास्थ्य सिचाई, कृषि, विकास निर्माण लगायतको क्षेत्रमा भएको समस्या समाधान गर्नका लागि आफूू प्रतिवद्ध रहेको बताउनुुभयो ।
कार्यक्रममा १ नम्वर प्रदेशका प्रमुख पर्शूुराम खापुुङग, पूूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदा, सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, नेपाली काङग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइराला, पूूर्व राज्यमन्त्री तथा संघीय संसद सिताराम मेहता, सुुनसरीका प्रमुुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुुख संजयसिंह थापा लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया