न्यायिक मर्यादाविपरीत प्रधानन्यायाधीश राणाले रञ्जन कोइरालाको फैसला पुनरावलोकनको तोके पेसी
११ श्रावण २०७७, आईतवार १३:२१
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले पूर्वडीआईजी रञ्जन कोइरालाको आइतवारको मुद्दा फैसलाको पुनरावलोकनको पेसी आफैले तोकेर सबैलाई आश्चर्यमा पारिदिएका छन् । कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आइतबार सुनुवाइ हुन लागेका बखत उनले पेसी तोकेका हुन् । फैसलामाथि पुनरावलोकन न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा राखिएको छ ।
कानुनी मान्यता, परम्परा र मर्यादाअनुसार प्रधानन्यायाधीश आफैंले गरेको फैसलाका विरुद्धमा पुनरावलोकन हुन थालेकाले उक्त पुनरावलोकन बेञ्चको पेशी उनले तोक्न मिल्दैन । यी मान्यतालाई वेवास्ता गर्दै प्रधानन्यायाधीश जबराले आइतबार अदालतमा आफैं उपस्थित भएर पेशी तोकेका हुन् । उनी आफ्को नेतृत्वमा रहेको न्यायाधीश तेजबहादुर केसीसहितको दुई सदस्यीय इजलासले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजाय कटौती गर्ने निर्णय गरेको थियो ।
पत्नी गीता हत्याको मुद्दालाई लिएर कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो । उक्त फैसलाका विरुद्धमा जनस्तरका ब्यापक असन्तोष पैदा भएको छ । साथै, पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीश र कानुनविदहरुले यो फैसला त्रुटीपूर्ण रहेको कुरा सार्वजनिक गरिरहेका छन् ।
व्यापक आलोचना भएपछि प्रधानन्याधीश स्वयम्ले गल्ती भए सच्याउन सर्वोच्च तयार रहेको बताउँदै आएका पनि छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया