किसान र सडकको सवालमा ज्ञापन पत्र – Nagarikabhiyan : National News

किसान र सडकको सवालमा ज्ञापन पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)सनसरी र मानव अधिकार समूह कोशी तथा भोक्राहा नरसिंह गाउँपालिका समितिले जिल्ला प्रशासन कार्यालय सुनसरीमा विभिन्न सवाल सम्बोधन गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको छ । संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा कोशी टप्पुबन्य जन्तु आरक्षमा कार्तिक महिनाभित्र २४ बढी पशु चौपायाको हत्या भएको किसानहरुको गुनासो आएकाले त्यसमा के भएको हो ? कसले गरेको हो ? सत्य तथ्य छानवीन गरि दोषीलाई कार्वाही र पीडित किसानहरुलाई क्षतीपुर्ती उपल्बध गराउनुपर्ने, कोशी नदिमा बगेर आउने काठ दाउराको उचित संरक्षण सहित नदिमा काठ दाउराँ संकलन गर्ने नागरिक माथि सुरक्षाकर्मीको हस्तक्षेप बढेकाले त्यसमा सहजिकरण गर्नुपर्ने माग गरिएको छ । त्यसैगरी समस्या समाधानका लागि स्थानीयबासी, जनप्रतिनिधि, नागरिक समाज र सुरक्षा निकाय बीचमा वृहत छलफल गरि नीतिगत र व्यवहारिक सवालमा समन्वय गर्नुपर्ने सुुझाव पनि दिएको छ । ज्ञापन पत्रमा कार्तिक १ देखी ३ गतेसम्मको वर्षा र बाढीले क्षतीग्रष्त बनेको लोकमार्गको इनरुवा लौकही खण्डको भोक्राहा नरसिंह ४ र ५ क्षेत्रमा आवतजावत गर्न साईकल, मोटरसाईकल र पैदल यात्रीलाई समस्या भएको र दुर्घटनाको जोखिम समेत उच्च भएकाले सडकको दक्षिणतर्फ कटान भएको ठाउँहरु तत्काल मर्मत सम्भार गर्नुपर्ने, कोशी र भोक्राहा नरसिंह गाउँपालिका सहित जिल्लका कृषकहरूलाई रसायनिक मल, उन्नत जात बिउविजन समयमा उपलब्ध गराउन पढहल गर्नुपर्ने, माटो सुहाउदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्न सम्बन्धीत पक्षसंग समन्वय र पहल गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी जिल्लाको कृषि, पशु, शिक्षा र स्वास्थ्य कार्यालयमा अनुगमन गरि जवाफदेहिता र नियमितताका लागि सुझाव दिनुपर्ने तथा ढिलासुस्ती गर्नेलाई कार्वाही गर्नुपर्ने सुझाव समेत दिएको छ । इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादव , मानव अधिकार समूह कोशीका अध्यक्ष अनिता उराँव र भोक्राहा नरसिंह अध्यक्ष ममता उराँवले हस्ताक्षर गरि बुझाउनुभएको ज्ञापन पत्रमा भनिएको छ, सुनसरीको १२ वटै स्थानीय तहको मानव अधिकारको हनन, उल्लघंन तथा नागरिकको अधिकारको विषयमा अनुगमन, निरीक्षण तथा रिर्पोटिंग गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तकमा सवालहरु सम्प्रेसण गर्दै आएको सन्दर्भमा नागरिकको सवाललाई उठान गरिएको हो । इन्सेकले जिल्लाको कोशी तथा भोक्राहा नरसिंह गाउँपालिकामा २०७६ कार्तिकदेखी पालिका स्तरिय मानव अधिकार समूह गठन गरेर मानव अधिकार रक्षाको वकालत गर्दै सचेतनामुलक अभियान समेत गर्दै आएको उल्लेख गरिएको छ । कोशी र भोक्राहा नरसिंह गाउँपालिकाको १ देखी ८ नम्बर वडासम्मका प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी जिम्मेबार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत मानव अधिकार समूहको गठन गाउँपालिकाको सहकार्य र वडा कार्यालयहरुको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको सहयोगमा कार्य गर्दै आएको सन्दर्भमा दुवै पालिकामा गरिएको कार्यक्रमको क्रममा कार्तिक महिनाभरीमा मानव अधिकार समूहले कोशी र भोक्राहा नरसिंह गापामा शिक्षा, स्वास्थ्य, खाद्य र आबाश अधिकारको बारेमा जानकारी सहितको अभियान गर्ने क्रममा केही सवाल र गुनासोहरु आएकाले त्यसलाई सम्बोधन गर्न पालिकालाई ध्यानाकर्षण गरेको तथा वडा अध्यक्ष र पालिकाले सम्बोधनको प्रतिवद्धता पनि जनाएको र्भपनि कोशी टप्पु , कोशी नदी, लोकमार्गको सवालमा संघीय सरकारले हेर्ने भएकाले प्रशासनलाई गुहारेको समूहका कोशी अध्यक्ष अनिता उराावले जानकारी दि नुभयो । उराँवका अनुसार वडामा नागरिकसंगको प्रत्येक्ष भेटघाट, अन्तरवार्ता र समूहको आयोजनामा सम्पन्न गरिएको वडास्तरीय गोष्ठी कार्यक्रममा विभिन्न विषयगत शाखाहरु, राजनीतिक दल, जनप्रतिनिधि, सहकारी संस्था, गैरसरकारी संस्थाहरु, महिला तथा किसोरी समूहका सदस्यहरु तथा कृषि र कृषक समूहको सहभागितामा गरिएको कार्यक्रममा आएका सवालहरुको सम्बोधन गर्न जिल्ला तथा प्रदेश र संघीय सरकारले गर्नुपर्ने आवश्यक रहेकाले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इन्सेक र समूहको माग तथा सुझावहरु जायज रहेको र केही दिनभित्रै सम्बोधन गर्ने र त्यसमा पहल गनि पर्ने प्रतिवद्धता जनाउनुभयो । प्रजिअ यादवले सम्बन्धि निकायसंगको बैठकबाट समस्याको समाधान गर्न पहल गर्ने बताउनुभयो । यादवले नागरिक समाजको तर्फबाट आएको सुझावहरु र मागहरुले सार्थक काम गर्नका लागि योगदान नै पुग्ने समेत बताउनुभयो ।