रञ्जनको मुद्दा पुनरावलोकन, भोलि सुनुवाई हुँदै – Nagarikabhiyan : National News

रञ्जनको मुद्दा पुनरावलोकन, भोलि सुनुवाई हुँदै

काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि परेको निवेदनको सुनुवाई भोलि (आइतवार) हुने भएको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका कोइरालाको सजाय घटाउने गरी सर्वाेच्चले गरेको फैसला जनस्तरमा आलोचित बनेकै बेला महान्यायाधीशवक्ताको कार्यालयले पुनरावेदन निवेदनसमेत दिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनसम्बन्धी पुरक निवेदन दिएपछि सर्वाेच्चले हतारहतार भोलि आइतबारका लागि पेशी तोकेको छ ।

प्रधानन्यायाधीशसहित २ जना न्यायाधीशले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब ३ जना न्यायाधीशबाट सुनुवाई हुने सर्वाेच्च अदालत स्रोतले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार पुनरावलोकनको प्रावधान भएकाले अन्तिम टुंगो नलाग्दासम्म मुद्दा विचाराधीन बनेको छ ।

यसअघि सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई सर्वोच्चले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको छ । उनी जेलमुक्त भैसकेका छन् ।