देवानगंजमा भोली देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय पहलमानहरुद्वारा कुस्ती खेल हुने
२७ कार्तिक २०७८, शनिबार १६:११
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा भोली ( आइतवार )देखि कुस्ती खेल हुने भएको छ । वितेको पर्वहरु, इद, बक्रइद, बडादशै, दिपावली र छठ पर्वको आवसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पहलमानहरु द्वारा कार्तिक २८ गेत देखि दुई दिने कुस्ती खेल हुने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पहलमानहरुद्वारा उक्त्त कुस्ती खेल अयोेजना गरिएको आयोजक समितिका जगनरायण मेहताले जानकारी दिनु भयो उक्त खेलमा पहलवानहरू, देवा थापा, वकार पहलवान, वसन्त थापा, पारस थापा, जावेद पहलवान, कालु पहलवान, प्रवेज पहलवानहरुको आउन लागेको छ ।
उक्त्त कुस्ती खेल राष्ट्र स्तरिय कुस्ति प्रतियोगिता व्यवस्थापन समिति देवानगंज २ को अयोजनामा हुन लागेको कुस्ती खेल व्यवस्थापन समितिका आलम असंरी जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया