उल्लासका साथ सुनसरीमा छठ पर्व मनाउदै
२४ कार्तिक २०७८, बुधबार १५:३१
गत वर्ष कोरोना कहरका कारणले प्रभावित बनेको छठ पर्वको रौनक यसपाली सुनसरीमा पुनः बढेको छ । जिल्लाबासीहरुले आस्था र निष्ठाको महान चाड छठ पर्व बुधबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाउदैछ । वीहिबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व सम्पन्न गर्ने गरी जिल्लाको सदरमुकाम इनरुवा, रामधुनी, दुहवी, गढी, वर्जु, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह, बराहक्षेत्र, कोशी सहितका पाकिलामा स्थानीय खोलानाला, पोखरी, नदी र नहरमा बेहुली झै छठको घाट निर्माण गरेकाले यस पर्वको रौनक यसपाली बढेको हो ।
तराईमधेस र मिथिलाञ्चलको महान संस्कार छठले अहिले पूरै जिल्लालाई आकर्षित गरेको इनरुवा ९ बबियाका बलराम यादवले बताउनुभयो । अति कठोर मानिने छठ पर्वको अवसरमा चोखो नितो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको यादवको भनाई छ । यही विश्वाका कारणले कोरोनाको बीचमा गत वर्ष घरमै छठ पर्व मनाएकाले रौनक कम भएकोमा यसपाली सुनसरीमा पुनः छठको रौनक बढेको अर्का स्थानीय जसलाल यादवले बताउनुभयो । वीहिबार छठ पर्वमा उदाउँदो सूर्यलाई अर्घ दिएर सकिने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया