सुनसरी प्रशासनकाे नियम कागजमा सिमित, नियमन निकायनै गैर जिमेवार ! – Nagarikabhiyan : National News

सुनसरी प्रशासनकाे नियम कागजमा सिमित, नियमन निकायनै गैर जिमेवार !

देवानगंज ।  जिल्ला प्रशासन कार्यलाय सुनसरीले निकालेको सूचनाको पालना नभएको स्थानीयहरुले गुनासो गरेका छन् । प्रशासनको सूचना र विज्ञप्ति कागजमा मात्र सिमित भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्तिक १७ गते एक विज्ञपति तथा सूचना जारी गर्दै तिहारको बेला राति १० बजे पछि मेला, नाच, देउसि भैलो नखेलन भनेको छ । तर प्रशासन कार्यलायको नियमको धज्जि उडाउँदै अहिले दैनिकजसो रातभर कार्यक्रम र जुवासम्मको गतिबिधि बढेको स्थानीयहरुले दावी गरेका छन् । सुनसरीको सदरमुकाम इनरूवा, भोक्राहा नरसिंह, हरिनगर, देवानगंञ्ज, बर्जु लगायतको ठाउँ निवार्द रूपमा केटी नचाउने आरकेस्ट्रा, विभिन्न नाच, मेलापात चलिरहेको छ ।

सुनसरी प्रशासनको आँखा अगाडि इनरूवा बजारको राम जानकी मन्दिरमा आइतवार राती नाचगान भइरहदाँ प्रशासन मुख दर्शक बनेको देखन सकिने एक स्थानीयले नागरिक अभियान  संग गुनासो पोखेका छन् । विज्ञपति मात्र निकालने सुनसरी प्रशासनले कार्वान्वयको पाटो फितलो भएकाले सूचनामा समित बनेको छ ।

प्रशासन कार्यलायले आफ्नो सूचना आफै कार्यान्वन नरगराउदाँ गैरजिमेवार प्रवृतिको हावी भएको हो भन्ने प्रश्न स्थानीयले उठाएका छन् । सुनसरीमा कोरोनाको जोखिम बढाएको भएपनि सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विज्ञप्तिमा सहि छाप गर्न बाहेको कुनै सार्थक कदम चालन नसकेको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारीले आफैले निकालेको विज्ञप्तिको पालना नहुदा प्रशासको निर्णयको ओजन नै नरहेको जनमत पार्टीका केन्द्रीय सदस्य भवानी मेहताको भनाई रहेको छ ।

यता यसै बिषयमा बुझन सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ९८०२७८४७१८ नम्बरबाट नागरिक अभियाका पत्रकारले पटपटक फोन गर्दा यहाँको फोन उठेन, प्रमुख जिल्ला अधिकारीको फोन नउठे पछि साहयक प्रमुख जिल्ला अधिकारी महेश पोखरेल लाई फोन गर्दा वहाँको फोन अफ रहेको थियो र सम्पर्क हुन सकेने ।