गरिव तथा विपन्न कृषकलाई कोदालो वितरण – Nagarikabhiyan : National News

गरिव तथा विपन्न कृषकलाई कोदालो वितरण

सुनसरीको कोशी गाउँपालिकाले गरिव तथा विपन्न कृषकलाई आधुनिक प्रविधिका कृषि यान्त्रिकरणको प्रचार गर्नका लागि कोदालो वितरण गरेको छ । गाउँपालिकाले थालेको कृषिमा साझेदारी अभियानको प्रचारप्रसार र खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्दै राष्ट्रिय समृद्धि हाँसिलका लागि उत्पादनमा बृद्धि गर्न कृषि औजार कोदालो वितरण गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत ८ वटै वडाका कृषकलाई जोत्नेदेखि खत्नेसम्मका उपकरण उपलब्ध गराउने क्रममा कोशी गाउँपालिका ७ हरिपुरका किसानलाई कृषि औजार कोदालो वितरण गरेको उपाध्यक्ष अनिता यादवले जानकारी दिनुभयो । यादवका अनुसार गाउँमा अध्यक्ष कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८ का कृषकलाई आवश्यकतामा आधारिक सहयोग गर्दै आएको छ । हरिपुरमा कोशी ७ नम्बर वडा कार्यालयको परिसरमा खेतमा काम गर्नका लागि कोदालो प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर ७ का कृषकलाई कादालो प्रदान गरिएको अंसारीले बताउनुभयो । अध्यक्ष अंसारीले कोशी गाउँपालिका वडा नम्बर ७ का ५२५ कृषकलाई एकसाथ कादालो प्रदान गरिएको बताउनुभयो । गापाले असल किसानसंग साझेदारीमा काम गर्ने अंसारीले बताउनुभयो । विपन्न वर्गकाले कोदालो पाएपछि सुसी भएको स्थानीय रमेश सदाले प्रतिकृया दिनुभयो । कोदालो वितरण कार्यक्रममा उपाध्यक्ष अनिता यादव, सामाजिक शाखाका राजकिसोर मेहता, नेपाली काग्रेंसका नेता सदानन्द मण्डल, जनारदन पंडित, मोहन झा, रामप्रसाद मेहता, कोशी ७ का वडा अध्यक्ष रामचन्द्र महतो , अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र विश्वास सहितको उपस्थिती रहेको थियो ।
अध्यक्ष अंसारीले ५ नम्बर वडाका कृषकलाई बालुवा र बगरमा कागती खेती गर्नका लागि बालुवा हटाउनेदेखी जोत्ने र कागतीको विरुवा निशुल्क उपल्बध गराउने, कागती रोप्ने, गोड्ने, थोपा सिँचाइ, रोगकिरा नियन्त्रण गर्ने प्रविधि उपलब्ध गराइएको पनि जानकारी दिनुभयो । कोशी गाउँपालिकाको ८० प्रतिशत क्षेत्रका किसानले कृषिमा आवद्ध रहेका छन् ।